Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र आत्मविश्वास प्रदान गरोस् : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् र म्हः पूजाले नयाँ आशा र आत्मविश्वास प्रदान गरोस् : गगन थापा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताउनुभएको छ । लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास उनले व्यक्त गर्नुभएको छ । थापाले म्हः पूजाले प्रत्येक व्यक्तिमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । साथै, आपसी सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ । सांस्कृतिक विविधता र राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउँदै नेपाल संवत्को नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात
Latest NewsJust now

काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात

झापा । काँकडभिट्टा नाकाबाट गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलैँचीभारत निर्यात भएको छ । उहाँका अनुसार रु ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया, रु ४४ करोड २३ ...

कर्पोरट खबर
जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा
Latest NewsJust now

जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

१.५ डिग्री तापक्रम सीमित गर्न परराष्ट्रमन्त्री खनालको विश्व समुदायलाई आग्रहकाठमाडौँ, कात्तिक २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गए... ...

गोरखापत्र
संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत
Latest NewsJust now

संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत

बाजागाजा, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिसहितको र्‍यालीले नयाँ वर्षको स्वागतसँगै पुर्ख्यौली परम्परा संरक्षणको सन्देश दिएको छ। ...

कान्तिपुर
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

काठमाडौँ, कात्तिक २४ गते । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play