Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवतले राष्ट्रिय एकता र मौलिक पहिचान सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवतले राष्ट्रिय एकता र मौलिक पहिचान सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २४। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यसले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी राष्ट्रिय विभूति शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गर्नुभएको ऐतिहासिक घटनाको स्मरण गर्नुभएको छ। उहाँले शङ्खधर साख्वाले जनताको आर्थिक मुक्ति र लोककल्याणका लागि गर्नुभएको योगदानको चर्चा गर्दै नेपाल संवत् प्रचलनमा आउनुको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको उल्लेख गर्दै यस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउँदै लगेको बताउनुभएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा नेपाल संवत्को पहिलो दिनलाई नयाँ संवत् सुरु हुने विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै उहाँले राष्ट्रिय विभूति शङ्खधर साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरिएको परोपकारी कार्यको स्मरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अघि बढ्न नेपाल संवत्ले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवम् प्रतिबद्ध रहन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।” नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने कामना गर्दै राष्ट्रपति पौडेलले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा सुदृढीकरणमा यसले थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सभापति थापाले दिए नेपाल संवतको शुभकामना
PoliticsJust now

कांग्रेस सभापति थापाले दिए नेपाल संवतको शुभकामना

गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास ...

हाम्राकुरा
४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा
PoliticsJust now

४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक पारदर्शिता, कर्मचारी नियुक्ति र संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठेको छ। संस्थाका अध्यक्ष विशाल भण्डारी... ...

सिंहदरबार न्युज
मौलिक पर्व, भाषा र संस्कृतिको संरक्षणमा बागमती प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर
PoliticsJust now

मौलिक पर्व, भाषा र संस्कृतिको संरक्षणमा बागमती प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर

हेटौँडा, कात्तिक २४ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलेविविधतायुक्त विशेषताहरूबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र सांस्कृतिक धरोहर भएकाे बताउनु भएकाे छ । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) २०८३ तथा नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले मौलिक पर्व, भाषा तथा संस्कृतिको संरक्षण र संवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो। उहाँले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play