काठमाडौं । नेपाल रेलवे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि नेपाली नागरिकबाट आवेदन माग गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो। नेपालमा रेल सेवा सञ्चालनका लागि स्वदेशी जनशक्ति तयार गर्ने तथा नेपाली रेल चालकलाई सूचीकृत गर्ने उद्देश्यले आवेदन खुलाइएको बोर्डले जनाएको छ। रेल सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष, योग्य, इमानदार र जिम्मेवार चालक आवश्यक रहेकाले आवेदन माग गरिएको सूचनामा उल्लेख छ। बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी रेल चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि तथा अनुभव र तालिमसम्बन्धी प्रमाणपत्र संलग्न गर्नुपर्नेछ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
नेपाल रेलवे बोर्डद्वारा रेल चालक पदमा आवेदन खुला

Read Complete Original Article
Published originally on नेपालन्युज



-458f1915-bf72-4e94-8a48-62a311cbc209.png&w=1200&q=75)


