Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

नेपाल मत्स्य समाजको नयाँ नेतृत्व चयन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल मत्स्य समाजको नयाँ नेतृत्व चयन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। धोबीघाटमा शुक्रबार सम्पन्न अधिवेशनले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनमा समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० जनाभन्दा बढी विज्ञ, प्राध्यापक, प्रसार तथा अनुसन्धानमा संलग्न सरोकारवालाहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मत्स्यपालन व्यवसाय कृषकको जीविकोपार्जन, आयआर्जन र मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन्। उनले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरिन्। अधिवेशनमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको उपस्थिति थियो। साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद
Latest NewsJust now

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

झापा । यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाई छिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको... ...

रातोपाटी
स्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
Latest NewsJust now

स्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ

जनार्जन खत्रीसर्लाही, मङ्सिर १२ गते । सर्लाहीमा शनिबार स्रोत नखुलेको चार लाख नेपाली रुपियाँसहित दुई भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी इनर्वा ग्राम १ बस्न... ...

गोरखापत्र
कृषि र पशुपालनलाई व्यावसायिक बनाउने अभियानमा सत्यवती गाउँपालिका
Latest NewsJust now

कृषि र पशुपालनलाई व्यावसायिक बनाउने अभियानमा सत्यवती गाउँपालिका

काठमाडौँ, मङ्सिर १२ गते । गुल्मीको सत्यवती गाउँपालिकाले स्थानीय किसानलाई निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषितर्फ अग्रसर गराउने अभियान सञ्चालन गरिरहेको छ । स्थानीय भूगोल, हावापानी र... ...

गोरखापत्र
ब्रेन्टफर्डसँग म्यानचेस्टर युनाइटेड ४–० ले पराजित
Latest NewsJust now

ब्रेन्टफर्डसँग म्यानचेस्टर युनाइटेड ४–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा ब्रेन्टफर्डले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको फराकिलो जित दर्ता गरेको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ब्रेन्टफर्ड पूर्ण रूपमा हाबी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement