Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छः बेहुरिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छः बेहुरिया
Photo / Coverage: टक्सार

काठमाडाैँ । भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताए । अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिष्पर्धा रहेपनि आर्थिक सम्बन्ध र व्यापारिक सहकार्य कायम रहेको उदाहरण दिँदै उनले भूराजनीतिक प्रतिष्पर्धाले आर्थिक सहकार्य रोक्न नसक्ने बताए । उनकाअनुसार अमेरिका र चीनबिच करिव ६०० अर्ब अमेरिकी डलरको व्यापार भइरहेको छ । भूराजनीतिले उनीहरूलाई एकअर्काबाट टाढा लैजान खोजे पनि अर्थतन्त्रले फेरि नजिक ल्याइरहेको उनले बताए । नेपाल भारतको सम्बन्ध जनस्तरको रहेको उल्लेख गर्दै यसलाई प्रभावित पार्न नहुने उनको भनाइ छ । नेपाललाई भारतले क्षेत्रीय सम्पर्क र सहकार्यको पुलका रूपमा विकास गर्न चाहेको उनले बताए । चीन काठमाडौँसम्म बढ्दो पहुँचप्रति भारतको आफ्नै चासो र चिन्ता रहेको पनि उनको भनाइ छ । यद्यपि यस्ता भूराजनीतिक चासोका कारण नेपाल–भारत सम्बन्धलाई सीमित गर्न नहुनेमा उनले जोड दिए । दुवै देशका नागरिकले राज्यकेन्द्रित दृष्टिकोणभन्दा माथि उठेर साझा क्षेत्रीय हित, आर्थिक सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । उनले दक्षिण एशियाका देशबिच राजनीतिक स्वार्थभन्दा माथि नागरिकबीचको विश्वास, संवाद र सहकार्य रहेको उल्लेख गरे । क्षेत्रीय सम्बन्धलाई नागरिक समाजको तहबाट थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए । दक्षिण एशियाली मुलुकहरूले राज्यकेन्द्रित सोच र राष्ट्रवादी भाष्यबाट माथि उठेर नागरिकस्तरमा आपसी सम्बन्ध तथा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ छ । सरकारले उठाउने राजनीतिक तथा ऐतिहासिक मुद्दाहरूलाई नागरिकले अत्यधिक महत्व दिने प्रवृत्ति त्याग्नुपर्नेमा उनले जोड दिए । पुराना विवादलाई पुनः उठाएर छिमेकी मुलुकविरुद्ध जनमत निर्माण गर्ने प्रवृत्ति क्षेत्रीय सहकार्यका लागि बाधक रहेको उनको भनाइ छ । भारत, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका मुलुकमा सत्तारूढ राजनीतिक शक्तिहरूले समय–समयमा पुराना विवादलाई बाहिर ल्याएर जनमत प्रभावित पार्ने गरेको उनले बताए । यस्तो प्रवृत्तिले क्षेत्रीय सम्बन्धमा अविश्वास र दूरी बढाउने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
५ प्रश्नोत्तरमा बुझ्नुहोस् : कतारको संकट र नेपाली श्रमिकमा पर्ने असर
Latest NewsJust now

५ प्रश्नोत्तरमा बुझ्नुहोस् : कतारको संकट र नेपाली श्रमिकमा पर्ने असर

कतारले भोगीरहेको आर्थिक संकटको वाँछिटा नेपालसम्मै आइपुग्ने निश्चित छ । किनकी कतारमा रहेको विदेशी श्रमशक्तिमा नेपाली श्रमिकको स्थान तेस्रो छ। नेपालीको मुख्य श्रम गन्तव्य देशको अर्थतन्त्रमा परिरहेको प्रभाव हामीले कसरी चुकाउनुपर्छ ? ...

कान्तिपुर
परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, […] ...

काठमाण्डुपाटी
यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
Latest NewsJust now

यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक

भक्तपुर । यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार आगामी मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play