Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय वार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय वार्ता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण, दुई देशबीचको कनेक्टिभिटी विस्तार र भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनामा भारतीय सहयोगलगायत विषयलाई केन्द्रमा राख्दै नेपाल र भारतबीच विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न बैठकमा दुवै देशले द्विपक्षीय सम्बन्धका विविध आयामको समीक्षा गर्दै आपसी सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल गरेका छन् । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व विदेश सचिव विक्रम मिस्रीले गर्नुभएको थियो । बैठकपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल-भारत सम्बन्धका सबै पक्षमा विस्तृत छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणलाई पनि बैठकले विशेष प्राथमिकता दिएको थियो । बैठकमा मुख्यतः प्रधानमन्त्रीको भारत भ्रमण, कनेक्टिभिटी, व्यापार, विकास सहयोग, ऊर्जा र जनस्तरको सम्बन्ध गरी ६ वटा विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । विशेषगरी रेल, सडक, हवाई सेवा, डिजिटल सञ्जाल तथा विद्युत् प्रसारण लाइनमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन् । नेपाल र भारतबीचको भौगोलिक निकटतालाई आर्थिक तथा विकास साझेदारीमा रूपान्तरण गर्न कनेक्टिभिटीका पूर्वाधारलाई प्रभावकारी बनाउने विषय वार्ताको महत्त्वपूर्ण पक्ष बनेको देखिन्छ । व्यापार विस्तार, ऊर्जा सहकार्य र विकास परियोजनाको कार्यान्वयनलाई गति दिने विषयमा समेत छलफल भएको छ । प्रवक्ता क्षेत्रीका अनुसार बैठकमा छलफल भएका क्षेत्रहरूमा सहयोग र सहकार्यलाई अगाडि बढाउँदै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् । भोटेकोशी पुनर्निर्माणमा भारतको सहयोगको प्रतिबद्धताबैठकको अर्को महत्त्वपूर्ण पक्ष भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनामा भारतले उपलब्ध गराउने सहयोगसम्बन्धी छलफल रहेको जनाइएको छ । बाढीले नेपालको पूर्वाधार क्षेत्रमा पुर्‍याएको ठूलो क्षतिलाई ध्यानमा राख्दै भारतले पुनर्निर्माण र पुनःस्थापनाका लागि सहयोग गर्न तत्परता देखाएको छ । यद्यपि, सहयोगको परिमाण, स्वरूप र कार्यान्वयनको प्रक्रियाबारे भने ठोस सहमति हुन बाँकी छ । भारतीय विदेश सचिव मिस्रीले भारतले यसअघि पनि नेपाललाई सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा आवश्यक सहयोग र परियोजनासम्बन्धी प्रस्तावहरूमाथि विचार गर्न भारत तयार रहेको बताउनुभएको थियो । उहाँले नेपाल र भारत सुख तथा दुःख दुवै परिस्थितिमा एक-अर्काका साझेदार रहँदै आएको उल्लेख गर्नुभयो । विशेषगरी भोटेकोशीमा आएको बाढी र त्यसपछिको कठिन परिस्थितिले दुई देशबीचको सम्बन्धलाई व्यवहारमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको उहाँको भनाइ थियो । ‘भारतले सहयोग उपलब्ध गराएको छ । तर, उक्त घटनाले नेपालको पूर्वाधारमा ठूलो क्षति र विनाश पुर्‍याएको हामीले बुझेका छौँ । सधैँझैँ पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा आवश्यक सहयोग वा परियोजनासम्बन्धी प्रस्तावहरूमा विचार गर्न भारत तयार रहेको छ’, मिस्रीले भन्नुभयो । उहाँका अनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा प्रारम्भिक छलफल भइसकेको छ । यसबारे नेपालका नेतृत्वसँग थप विवरणसहित छलफल गर्न भारत इच्छुक रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री शाहको भ्रमणलाई विशेष महत्त्वभारतीय विदेश सचिव मिस्रीले काठमाडौंमा भएको बैठक प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण र त्यसको विस्तृत कार्यसूचीमा केन्द्रित रहेको बताउनुभयो । यसले आगामी उच्चस्तरीय भ्रमणलाई दुई देशबीचका विद्यमान सहकार्यको समीक्षा र नयाँ प्राथमिकता निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको संकेत गरेको छ । नेपाल र भारतबीच लामो समयदेखि समाधान हुन बाँकी रहेका विषयहरूलाई सम्बोधन गर्ने तथा दुवै पक्षले अघि बढाएका महत्त्वपूर्ण पहलहरूको कार्यान्वयनमा प्रगति भइरहेको दाबी पनि मिस्रीले गर्नुभयो । उहाँले द्विपक्षीय सहकार्यमा संलग्न दुवै देशका अधिकारीहरूको भूमिकाको प्रशंसा गर्दै नेपाली पक्षलाई निरन्तर सहयोग र समन्वयका लागि धन्यवादसमेत दिनुभयो । आज प्रधानमन्त्री शाहसँग भेट्नेभारतीय विदेश सचिव मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभएको थियो । मिस्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्नुभएको छ । बिहीबार प्रधानमन्त्री शाहसँग भेट गरेपछि उहाँ नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी गराए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र ...

केन्द्रबिन्दु
दीपावलीले ओझेल पर्दै गएको तिहार
Latest NewsJust now

दीपावलीले ओझेल पर्दै गएको तिहार

खुसी, सुख र शान्तिको खोजी गर्नु नै मानवीय स्वभाव हो । आयु, आरोग्य, ऐश्वर्य, घरपरिवार र समाजबिनाको समृद्धिको कल्पना गर्न सकिँदैन । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीया तिथिसम्म मनाइने यमपञ्चक अर्थात् तिहार यस्तो पर्व हो, जसले मानिसलाई अभावबाट समृद्धितर्फ, अज्ञानताबाट ज्ञानतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र निराशाबाट आशातर्फ अग्रसर गराउने प्रेरणा दिन्छ । तर, विडम्बना, पछिल्लो समय यति ठूलो सांस्कृतिक, सामाजिक र ...

हिमालय टाइम्स
मध्यावधि चुनावमा ट्रम्पलाई ठूलो धक्का
Latest NewsJust now

मध्यावधि चुनावमा ट्रम्पलाई ठूलो धक्का

काठमाडौं । अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो धक्का लागेको छ । मंगलबार भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोरेको हो । डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत हासिल गरेपछि राष्ट्रपति ट्रम्पको बाँकी कार्यकाल थप चुनौतीपूर्ण बनेको छ । इरान युद्ध, बढ्दो महँगी, पेट्रोलियम पदार्थको ...

हिमालय टाइम्स
संसदीय समितिमा सांसदहरूको प्रश्न
Latest NewsJust now

संसदीय समितिमा सांसदहरूको प्रश्न

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकारको कार्यशैली र राज्य सञ्चालनको तौरतरिकालाई लिएर गम्भीर प्रश्नहरू उठेका छन् । बुधबार समितिको बैठकमा उपस्थित विभिन्न दलका सांसदहरूले सरकारले चौतर्फी हस्तक्षेप बढाएको, राज्यका निकायहरूलाई आतंकित पारिएको र मुलुक सामाजिक सञ्जालका भरमा चलेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका हुन् । पत्रकारिता क्षेत्रमाथिको प्रहरी हस्तक्षेप, न्यायालयको प्रतिष्ठामाथिको आँच र प्रशासनिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play