Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकको ऐतिहासिक योगदान र आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंक स्थापनाको उद्देश्य आर्थिक उन्नति, जनतालाई सुविधा र मुलुकको विकाससँग जोडिएको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले नेपाल बैंकले आगामी दिनमा तीनवटा सुधारका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवालाई मुख्य सुधारका क्षेत्रका रूपमा औँल्याए । उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारले मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा पुर्‍याएको योगदानबाट मापन हुनुपर्ने बताए । उनले भने, ‘कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अनिवार्य छ । कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमुलक उद्योग तथा साना र मजुला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।’ त्यस्तै, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती सम्बोधन गर्न कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनुपर्ने उनले बताए । संस्थागत सुशासन र वित्तीय अनुशासनबारे उनले भने, ‘जनविश्वास कायम राख्न, पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्दै कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउनुपर्दछ । सरकारी स्वामित्वको बैंक भएकोले नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्दछ ’ वाग्लेले बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए । डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्दछ । साथै, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्नेछ।’ अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल बैंक आगामी दिनमा अझ सबल बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग
Latest NewsJust now

तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग

काठमाडौँ । नेपाल–चीन जोड्ने सबैभन्दा छोटो दूरीको तातोपानी नाका पूर्ण रूपमा नखुल्दा नेपाली व्यापारीले चिन्ता र आक्रोश व्यक्त गरेका छन् । भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको सिन्धुपाल्चोकको तातोपानी नाका... ...

रातोपाटी
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी:  धान र पराल पूर्ण रूपमा जलेर नष्ट
Latest NewsJust now

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: धान र पराल पूर्ण रूपमा जलेर नष्ट

• झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाएको घटनामा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ। • आगजनीको घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको थियो र घटनास्थलमा पुगेपछि दुवै कुन्यू पूर्ण रूपमा जलिसकेको थियो। • प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु एक लाख ५१ हजारभन्दा बढीको क्षति भएको छ र अनुसन्धान ...

नेपालबहस
राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै
Latest NewsJust now

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै

काठमाडौँ । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने ...

लुम्बिनी सञ्चार
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
Latest NewsJust now

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ। शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play