नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो निर्माता, फोटोग्राफर तथा डिजिटल कन्टेन्ट क्रियटरलाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, परम्परा र साहसिक पर्यटनका गतिविधिलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले कन्टेन्ट क्रियटरलाई सहभागी हुन आग्रह गरेको हो। बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक भिडियोग्राफर, फोटोग्राफर तथा कन्टेन्ट क्रिएटरले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र सामाजिक सञ्जाल वा पोर्टफोलियोको लिंक इमेलमार्फत पठाउनुपर्नेछ। इच्छुकले आफ्नो विवरण content@ntb.org.np मा इमेल गर्न सक्नेछन्। विवरण पठाउने अन्तिम म्याद आगामी नोभेम्बर ५ अर्थात् कात्तिक २० गते तोकिएको छ। बोर्डले नेपालको हिमाली क्षेत्र, प्राकृतिक दृश्य, लुकेका पर्यटकीय गन्तव्य, संस्कृति, परम्परा तथा साहसिक गतिविधिलाई सिर्जनात्मक सामग्रीमार्फत प्रस्तुत गर्न चाहनेहरूलाई यस अवसरमा सहभागी हुन आग्रह गरेको छ। The post नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो कन्टेन्ट क्रियटर, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृष्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औं संस्करणको छनोट प्रक्रिया जारी रहेको छ। २०८३ साउनदेखि खुला गरिएको अवार्डको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन प्राप्त भएका हुन्। यसैक्रममा ‘ट्र्याक ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधामा प्राप्त मनोनयनबाट सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ। १४ जना विज्ञ जुरी सदस्य र १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति रहेको आईसीटी ...

नेपाल टेलिकमले माग्यो ८० पदका लागि कर्मचारी, लोकसेवामार्फत परीक्षा हुने
नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी माग गरेको छ। कम्पनीले २०८३ कात्तिक आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको हो। माग गरिएका पदमध्ये खुलातर्फ ४३ पद रहेका छन् भने बाँकी पद समावेशी समूहका लागि छुट्याइएको छ। प्रकाशित सूचनाअनुसार सहायक पदमा ९ जना, टेलिकम इन्जिनियर (कम्प्युटर) मा ६ जना, सहायक प्रशासनिक अधिकृतमा ५ जना र ओभरसियरमा ...

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
१३ कात्तिक, काठमाडौं। जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, […] The post नेपाल मेडिकल ...


