Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपाल टेलिकमले गर्यो अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकमले गर्यो अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि मा परिमार्जन गरेको छ। पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ। दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट २०८३ भदौ २४ को निर्णयानुसार उक्त पल्स दर कायम गरिएको हो। अब सबै देशका दूरसञ्चार सेवा प्रदायकहरुमा इन्टरनेसनल एक्सेस कोड ००/१४२४/१४२५/१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुने नेपाल टेलिकमले जनाएको छ। यस अघि २०८२ फागुन १ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशहरुमा यो पल्स दर पहिले देखि नै कायम थियो। अब बाँकी देशहरुमा २०८३ मंसिर ८ देखि नयाँ पल्स दर लागु हुनेछ। नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ। कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोड पश्चात सेवा प्रदायकको नम्बर डायल गर्नु पर्छ। The post नेपाल टेलिकमले गर्यो अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण काठमाडौंमा सुरु, मोबाइलमा ‘TEST ALERT’ आउँदा नआत्तिन सरकारको आग्रह
TechnologyJust now

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण काठमाडौंमा सुरु, मोबाइलमा ‘TEST ALERT’ आउँदा नआत्तिन सरकारको आग्रह

७ मंसिर, काठमाडौं। नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सम्बन्धमा। “विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System – CBS) को प्रारम्भिक प्राविधिक परीक्षण आज मिति २०८३ मङ्सिर ७ गते साँझ ५:३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा गरिँदैछ। सूचना तथा सञ्चार मन्त्रालय, […] The post नेपालमै विकसित ...

आइसिटी फ्रेम
नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापना गरिने
TechnologyJust now

नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापना गरिने

नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। “नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,” उनले भने। त्यसपछि सम्बोधन गरेका नेपालका प्रधानमन्त्री वालेन्द्र ...

टेक्नोलोजी खबर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुर अस्पतालबीच सहकार्य सम्झौता
TechnologyJust now

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुर अस्पतालबीच सहकार्य सम्झौता

७ मंसिर, काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र कीर्तिपुर अस्पतालबिच स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने समझदारी भएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र प्रतिष्ठानबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले सम्झौतामा […] The post पाटन स्वास्थ्य ...

आइसिटी फ्रेम
मोमेन्टा र उबरले जर्मनीमा निगरानीसहितको रोबोट्याक्सी पाइलट परियोजना सुरु गरे
TechnologyJust now

मोमेन्टा र उबरले जर्मनीमा निगरानीसहितको रोबोट्याक्सी पाइलट परियोजना सुरु गरे

चिनियाँ स्वायत्त ड्राइभिङ टेक्नोलोजी फर्म मोमेन्टा र अमेरिकी राइड-हेलिङ जायन्ट उबर टेक्नोलोजीजले युरोपेली बजारमा आफ्नो व्यावसायिकीकरण साझेदारीलाई अगाडि बढाउँदै जर्मनीमा रोबोट्याक्सी पाइलट सुरु गरेका छन्। दुई कम्पनीहरूले गत साता म्युनिखमा सुपरिवेक्षित स्वायत्त सवारी साधन पाइलट सुरु गर्ने घोषणा गरे, जसले जर्मनीमा पहिलो पटक सवारहरूले उबर एप मार्फत यस्तो स्वायत्त गतिशीलता सेवा अनुभव गर्न सक्नेछन्। पाइलट सेवाले सुरुमा उत्तरी म्युनिखको ठूलो भागमा परिभाषित ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement