Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापना गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापना गरिने
Photo / Coverage: टेक्नोलोजी खबर

नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। “नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,” उनले भने। त्यसपछि सम्बोधन गरेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले पनि नेपाललाई प्राविधिक शिक्षाको हब बनाउने विश्वास व्यक्त गर्दै भारतीय विद्यार्थीहरूसमेत नेपालमा अध्ययन गर्न आउने वातावरण निर्माण गरिने बताए। प्रधानमन्त्री शाहले भने, “आगामी दिनमा भारतीय विद्यार्थी नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनेछौँ।” नेपाल सरकारले आफ्नो बजेट र नीति तथा कार्यक्रममार्फत विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई नेपालमै क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो। प्रधानमन्त्री शाहको भारत भ्रमणमा भएको यो सहमतिसँगै सरकारको उक्त नीतिगत प्रतिबद्धता अब कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। यस सहकार्यलाई नेपालमा एउटा विदेशी शैक्षिक संस्था थपिने विषयका रूपमा मात्र नहेरी समग्र इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण बलियो बनाउने आधारका रूपमा लिनुपर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्। “स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने बलियो शैक्षिक इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो,” मन्त्री पोखरेलले भने, “नेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासको यात्रामा यो एक महत्त्वपूर्ण सुरुवात हो। यसरी नै विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरुसँग पनि सहकार्य हुनेछ।” छात्रवृत्ति विस्तारदेखि व्यावसायिक तालिम केन्द्रसम्मका सहमति प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा जारी संयुक्त दृष्टिकोण पत्रमा शिक्षा तथा सीप विकासका अन्य महत्वपूर्ण विषयहरू पनि समेटिएका छन्। संयुक्त दृष्टिकोण पत्रअनुसार हाल सञ्चालनमा रहेका छात्रवृत्ति योजनाहरूलाई विस्तार गर्दै अब नेपाली विद्यार्थीहरूका लागि कानुन (ल), प्रविधि (टेक्नोलोजी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तथा नयाँ विषयहरूमा थप छात्रवृत्ति र तालिमका अवसरहरू प्रदान गरिनेछ। यसैगरी, दुई देशका शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्राध्यापक (फ्याकल्टी) र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने बताइएको छ। नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा एक व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ। उक्त केन्द्रमार्फत नेपाली युवाहरूलाई उत्पादन (म्यानुफ्याक्चरिङ), सेवा (सर्भिसेज) र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप तथा तालिम प्रदान गरिनेछ। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिने, नेपालमा आईसीएआर (ICAR) सेन्टर अफ एक्सिलेन्स स्थापना गर्दै दुई देशका कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विस्तार गरिने तथा प्रमुख मेडिकल संस्थानहरूबीच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ। The post नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापना गरिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण काठमाडौंमा सुरु, मोबाइलमा ‘TEST ALERT’ आउँदा नआत्तिन सरकारको आग्रह
TechnologyJust now

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण काठमाडौंमा सुरु, मोबाइलमा ‘TEST ALERT’ आउँदा नआत्तिन सरकारको आग्रह

७ मंसिर, काठमाडौं। नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सम्बन्धमा। “विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System – CBS) को प्रारम्भिक प्राविधिक परीक्षण आज मिति २०८३ मङ्सिर ७ गते साँझ ५:३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा गरिँदैछ। सूचना तथा सञ्चार मन्त्रालय, […] The post नेपालमै विकसित ...

आइसिटी फ्रेम
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुर अस्पतालबीच सहकार्य सम्झौता
TechnologyJust now

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुर अस्पतालबीच सहकार्य सम्झौता

७ मंसिर, काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र कीर्तिपुर अस्पतालबिच स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने समझदारी भएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र प्रतिष्ठानबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले सम्झौतामा […] The post पाटन स्वास्थ्य ...

आइसिटी फ्रेम
मोमेन्टा र उबरले जर्मनीमा निगरानीसहितको रोबोट्याक्सी पाइलट परियोजना सुरु गरे
TechnologyJust now

मोमेन्टा र उबरले जर्मनीमा निगरानीसहितको रोबोट्याक्सी पाइलट परियोजना सुरु गरे

चिनियाँ स्वायत्त ड्राइभिङ टेक्नोलोजी फर्म मोमेन्टा र अमेरिकी राइड-हेलिङ जायन्ट उबर टेक्नोलोजीजले युरोपेली बजारमा आफ्नो व्यावसायिकीकरण साझेदारीलाई अगाडि बढाउँदै जर्मनीमा रोबोट्याक्सी पाइलट सुरु गरेका छन्। दुई कम्पनीहरूले गत साता म्युनिखमा सुपरिवेक्षित स्वायत्त सवारी साधन पाइलट सुरु गर्ने घोषणा गरे, जसले जर्मनीमा पहिलो पटक सवारहरूले उबर एप मार्फत यस्तो स्वायत्त गतिशीलता सेवा अनुभव गर्न सक्नेछन्। पाइलट सेवाले सुरुमा उत्तरी म्युनिखको ठूलो भागमा परिभाषित ...

टेक्नोलोजी खबर
टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण
TechnologyJust now

टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

७ मंसिर, काठमाडौं। टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र उनीहरूको आवागमन सहज बनाउने उद्देश्यले यो […] The post टीभीएस र ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement