नेपाल टी–२० लिगको तयारी अन्तिम चरणमा, खेलाडीबारे समाचार पुष्टि गरेर मात्र प्रकाशन गर्न क्यानको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल टी–२० लिग’ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुनुअघि आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानले प्रतियोगिताको ९५ देखि ९९ प्रतिशतसम्म तयारी पूरा भएको जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको बताउनुभयो। चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भए पनि प्रतियोगिता निर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति प्राप्त प्रतियोगिता भएकाले यसको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा समेत पर्ने खड्काको भनाइ थियो। त्यसैले खेलाडीको सहभागिता र प्रतियोगितासम्बन्धी समाचार प्रकाशन गर्नुअघि आधिकारिक स्रोतबाट जानकारी पुष्टि गर्न उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो। ‘भोलिदेखि सुरु हुन गइरहेको सिद्धार्थ बैंक नेपाल टी–२० लिगको तयारी र गतिविधिबारे जानकारी गराउन हामी यहाँ उपस्थित भएका छौँ। प्रतियोगिताको करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भइसकेको छ,’ खड्काले भन्नुभयो। आईसीसीबाट स्वीकृति प्राप्त भएसँगै प्रतियोगिताप्रतिको जिम्मेवारी पनि बढेको उल्लेख गर्दै उहाँले खेलाडीको सहभागितालगायत विषयमा समाचार प्रकाशन गर्नुअघि क्यान वा सम्बन्धित टोलीसँग आधिकारिक जानकारी लिन आग्रह गर्नुभयो। सम्बन्धित टोलीको व्यवस्थापन वा क्यानको आधिकारिक धारणा नबुझी खेलाडीबारे अपुष्ट विवरण सार्वजनिक हुँदा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जान सक्ने भन्दै संघले सञ्चारमाध्यमलाई सचेत गराएको हो। खड्काले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय, स्वयंसेवक, टोली सञ्चालक, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमलाई धन्यवादसमेत दिनुभयो। आगामी दिनमा पनि सबै पक्षको सहयोग निरन्तर रहने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ : मन्त्री लम्साल
काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न... ...

सप्तकोसी नदी डुंगा दुर्घटना अपडेट- मृतक र बेपत्ताको पहिचान खुल्यो
धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा गुडिरहेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको उक्त बोट दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना... ...

पाथीभरा दर्शनमा हिडेकी महिलाको मृत्यु
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाल्पाको रानादेवी गाउँपालिका –८ की ४४... ...

सडक सञ्जालले नजोडिएको बाजुराको किम्नी गाउँ
शेरबहादुर सार्कीबाजुरा, कात्तिक ८ गते । बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिदै गएका छन् । यहाँका स्थानीय तहले पालिकादेखि वडासम्म सडक जोड्ने गरी ग्रामीण... ...


