नेपाल-चीन रेलवे सम्भाव्यता प्रतिवेदन टुङ्गियो, रसुवा बाढीको असर कसरी सम्बोधन होला

Getty Images सन् २०१९ मा नेपाल भ्रमण गर्दा चिनियाँ राष्ट्रपति सीले नेपाललाई भूजडित देश बन्न सघाउने बताएका थिए रसुवा बाढीले नेपाल-चीन अन्तरदेशीय रेलवेको सम्भावित निर्माणस्थल वरपरका क्षेत्रमा व्यापक क्षति निम्त्याएको परिस्थितिबीच उक्त परियोजनाको सम्भाव्यता अध्ययनका निष्कर्ष सुनाउन दुवै देशका अधिकारीहरूको बैठक सम्भवत: दशैँलगत्तै बस्ने अधिकारीहरूले बताएका छन्।बयालिस महिनाको समय दिइएको उक्त अध्ययन प्रतिवेदन चीनले तयार पारेको छ र त्यसमा नेपालले आफ्नो तर्फबाट केही सुझावहरू समेत उपलब्ध गराएको भनिएको छ।एक जना अधिकारीले सम्भाव्यता अध्ययन प्रतिवेदनले अन्तिम रूप पाइसकेको भन्दै भोटेकोशी बाढीले उत्पन्न गराएका केही प्रश्नहरू विस्तृत परियोजना प्रतिवेदन तयार पार्दा सम्बोधन गर्न सकिने बीबीसीलाई बताए। काठमाण्डू-केरुङ रेलमार्गको अध्ययनलाई अन्तिम रूप दिँदै चीन, रक्सौल जोड्ने योजनाबारे भारतलाई नेपालका चार सुझाव काठमाण्डू-केरुङ रेलमार्गको हेलिकप्टरबाट पनि सर्भे प्रस्ताव, मन्त्रालयमा पत्र आगामी बैठकमा अध्ययन प्रतिवेदन हस्तान्तरण भए पनि त्यसले प्रस्ताव गर्ने रेलवे निर्माणको लागतसहितका पक्षलाई ख्याल गरेर उक्त परियोजनाबारे आफ्नो दृष्टिकोण तय गर्ने पक्षमा अधिकारीहरू छन्।पूर्वाधार विकास मन्त्रालयका सचिवले सहभागिता जनाउने ठानिएको सो बैठकमा दुवै देशका रेलवे सञ्जाल हेर्ने निकायका प्रतिनिधिहरू सहभागी हुने भनिएको छ।एक जना अधिकारीले उक्त परियोजनामा ९४ प्रतिशत सुरुङ मार्ग हुने उल्लेख गर्दै रेलको रसुवाको बिन्दुमा बाढीले क्षति पुर्याएका र त्यो विषय विस्तृत परियोजना प्रतिवेदन तयार पार्दा सम्बोधन गर्न सकिने जानकारी दिए।रेल विभागमा आठ वर्षभन्दा बढी काम गरेका एक जना विज्ञले पछिल्लो विपद्ले उक्त पूर्वाधारबारे थप मिहिन अध्ययन गर्ने मौका दिएको भन्दै दुवै देशका अधिकारीहरूले सो सम्पर्क सञ्जालबाट प्राप्त हुन सक्ने लाभ र जोखिम मूल्याङ्कन गरेर उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरेका छन्।दशैँलगत्तै नेपाल-चीन बैठक सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गर्दा अन्तर्देशीय रेल परियोजनाको लागि सम्भाव्यता अध्ययन अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।त्यसबेला दुवै देशले रेलवे सहकार्यलाई काठमाण्डूहुँदै पोखरा र लुम्बिनीसम्म विस्तार गर्ने उल्लेख गरेका थिए।चिनियाँ अनुदानबाट अघि बढाइएको पछिल्लो अध्ययनका लागि निर्धारण गरिएको समयसीमा लगभग सम्पन्न भएको परिस्थितिमा गएको भदौमा भोटेकोशी नदीमा भीषण बाढी आएको थियो जसले रसुवागढीस्थित सीमा नाका र आसपासका क्षेत्रमा ठूलो क्षति निम्त्याएको छ।हिम पहिरोका कारण सृजना भएको उक्त विपद्सँगै नेपालतर्फ ७२ किलोमिटर दूरी समेटेको केरुङ काठमाण्डू रेलमार्गको भविष्यलाई लिएर समेत अनेक अडकलबाजीहरू हुने गरेको पाइन्छ।तर रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले सम्भाव्यता अध्ययन टुङ्गिएको भन्दै अब बस्ने बैठकमा त्यो प्रतिवेदन नेपाललाई पनि हस्तान्तरण गरिने बताउँछन्।उक्त रेल सञ्जालको ६८.६ किलोमिटर दूरी सात वटा सुरुङ र २.६ किलोमिटर दूरी नौ वटा पुलले ओगट्ने प्रारम्भिक अध्ययनमा जनाइएको थियो।अहिलेको सम्भाव्यता अध्ययनलाई थप विश्लेषण गरेर कसरी अघि बढ्ने भन्ने निष्कर्ष निकालिने बताएका पोखरेलले थपे, "९४ प्रतिशत सुरुङ र ६ प्रतिशत खुल्ला रहने भनिएको छ। यसको लगभग लागत, कतिवटा डब्बा, कति यात्रु र कति सामान ढुवानी गर्न सक्ने क्षमता, कति विद्युत् चाहिन्छ जस्ता विवरणहरू उनीहरूले दिन्छन्। त्यसपछि विस्तृत प्रोजेक्ट रिपोर्ट तयार गरेपछि मात्रै हामी टेन्डर जाने अवस्थामा हुन्छौँ।"उनले थपे, "केरुङ काठमाण्डूको कुरा गर्दा जुन केरुङको सुरुवाती बिन्दु छ, त्यो पहिलो बिन्दुमा केही प्रभाव पर्न सक्छ। अहिले सम्भाव्यता अध्ययनमा जे छ, त्यो त्यही रहन्छ। त्यसपछि हामी डीपीआर गर्छौँ जसले यो कुरा सम्बोधन गर्छ।"उक्त विस्तृत परियोजना प्रतिवेदनमार्फत् नै निर्माण र लगानीको ढाँचासमेत तय गर्न सकिने उनले सुनाए। BBC भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी नाका र त्यस आसपासका क्षेत्रमा सडक सञ्जाल, विद्युत् पूर्वाधार र मानव बस्तीसहितका संरचनाहरूमा ठूलो क्षति पुगेको छ। तर दुवै देशले निर्माण अघि बढाउने प्रतिबद्धता जनाएको रेलवे सञ्जाललाई यो विपद्ले पार्ने सम्भावित प्रभाव बारे नेपाल र चीनले औपचारिक दृष्टिकोण बाहिर ल्याएका छैनन्।सूचना अधिकारी भण्डारी भन्छन्, "केरुङ नजिकै त्यो रेलमार्गको केही अलाइन्मेन्ट निर्माणको परिकल्पना छ। नदी किनारामा त्यस्तो केही छैन। अरू सुरुङ र पुलहरू मात्रै छ। सबै विश्लेषणको काम चिनियाँ समकक्षीकै हो। नयाँ परिस्थितिमा केही रहेछ भन्ने पनि उहाँहरूले समीक्षा बैठकमा नै जानकारी गराउने हो।"बैठकमा चीनको न्याश्नल रेलवे अथोरिटीका उच्च अधिकारीहरू र नेपालको तर्फबाट पूर्वाधार विकास मन्त्रालयका सचिवसहितका अधिकारीहरू सहभागी हुने जनाइएको छ। चिनियाँ प्राविधिकहरूले ड्रोनका माध्यमबाट आकाशबाट तस्बीर लिएर सम्भावित निर्माणस्थलको विश्लेषण गरेका थिए।नेपाल चीन रेलवे परियोजना प्रारम्भिक चरणमा नै रहेको उल्लेख गरेका भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका पूर्वसचिव तुलसी सीटौला भन्छन्, "त्यो रेलवे या त सुरुङ या त अग्ला पुलहरू हुँदै अघि बढ्छ। सुरुङलाई बाढीले असर गर्दैन। पुलहरू बनाउँदा चाहिँ अलिकति विचार गर्नुपर्ला। नत्रभने जुन प्रारम्भिक योजना रेलको बनेको छ, त्यो तुलनात्मक रूपमा सुरक्षित छ।"उनले थपे, "त्यसको सिद्धान्त सुरुङबाट निस्कियो अनि तल खोला अथवा डाँडाको गहिराइमा नपरेर पुलबाट फेरि अर्को तिरको सुरुङमा पुगिहाल्ने किसिमको छ। यो सुरक्षित छ। चिनियाँहरूले धेरै प्रयोग पनि गरेका छन्। तर त्यसमा पनि सतर्क हुने ठाउँहरू कमजोर विन्दुहरू छ भने त्यो त हेर्नु परिहाल्यो। यो परियोजना धेरै नै प्रारम्भिक चरणमा छ र विचार विमर्श गरेर सुधार गर्ने गुन्जाइस धेरै नै छ।" नेपाल चीन रेलवे: चिनियाँ प्राविधिकहरूले पूरा गरे प्रस्तावित मार्गको ‘ड्रोन सर्वेक्षण’ काठमाण्डू-रक्सौल विद्युतीय रेलमार्गमा हालसम्म कति भयो प्रगति, कति बाँकी? विज्ञ के भन्छन्? RSS सडक विभागको सुपेरिन्टेन्डेन्ट इन्जिनियरबाट स्वैच्छिक अवकाश लिएका रेलवे विभागमा पूर्वसिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले पछिल्लो विपद्ले नेपाल चीन रेल सञ्जालको अध्ययनलाई नयाँ मोड दिन सक्ने ठान्छन्।"रेलवेको अलाइन्मेन्ट जुन ठूलो बाढी गयो त्यो ठाउँहरू नजिक नजिकबाटै आउने हो। यदि विस्तृत अध्ययन नै सकिएको अवस्थामा यो विपद् भइदिएको भए शायद हामीलाई अरू थप पक्षहरू विचार गर्न कुनै गुन्जाइस नै हुने थिएन।"उनले थपे, "तर अध्ययनको प्रतिवेदनलाई अन्तिम रूप दिनुभन्दा अगाडि नै यो घटना घट्दा खेरी अध्ययनले अर्को रूप लिन्छ र यो अझ गहिरो हुने छ।"अध्ययनहरूले यस्ता खालका भूगोलमा 'सुरुङ' प्रभावकारी हुने देखाएका उल्लेख गरेका चित्रकारले अहिले यो परियोजना प्राविधिक रूपमा कतिको सम्भव छ भन्नेमा केन्द्रित हुनु उपयुक्त हुने टिप्पणी गरे।"हामीलाई सम्पर्क सञ्जालहरू चाहिएको छ। सबै कुरा लागतले मात्रै निर्धारण गर्दैन। कति कुराहरू हाम्रो आवश्यकतालाई हेरेर पनि निर्णय लिनुपर्ने हुन्छ।""हामीले भविष्यमा हुने लाभ हानिको पक्षहरूलाई ध्यान दिनुपर्यो। हाम्रो देशको अर्थतन्त्र र विकास यसबाट कसरी अघि बढाउन सकिन्छ हेर्नुपर्यो। यसमा दुई देशको कुरा पनि छ। भोलि हाम्रै देश भएर दक्षिणी छिमेकी भारतसम्म पनि यसले सहजै पहुँच दिन्छ। यो सबै कुरा विचार गर्नुपर्छ।""विपद्को पाटो अवश्य पनि हेर्नुपर्छ। यत्रो घटना जुन हालसालै घटेको छ, त्यसलाई पनि अध्ययन गरेर केही कुराहरू सिकेर, हामीले अझ विस्तृत अध्ययन पनि गर्नुपर्छ।" चीनसँग दूरगामी प्रभाव पार्ने सहमति तर 'एउटा महत्त्वपूर्ण पक्षमा नेपाल चुक्यो' जनशक्ति कम, बजेट पनि कम तर रेलमार्गको सपना ठूलो बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द
ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर... ...

असोजमा कास्कीमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो... ...

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे
चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासका कारण यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ। गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षहरूमा दसैँ बिदामा पर्यटकीय गन्तव्यहरूमा चहलपहल निकै हुने गरेको थियो। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रूपमा आन्तरिक पर्यटक आएका छैनन्। क्षेत्रीय होटल ...

साउदी अरबको सुरक्षाका लागि बेलायतले लडाकु विमान खटाउने
काठमाडौं । यमनका हुथी विद्रोही समूहबाट हुन सक्ने क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट साउदी अरबको सुरक्षा गर्न बेलायतले रोयल एयर फोर्सका टाइफून लडाकु विमान खटाउने निर्णय गरेको छ। बीबीसीका अनुसार बेलायतको यो सैन्य परिचालन साउदी अरबको हवाई क्षेत्र, प्रमुख सहर र महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्ने उद्देश्यले अघि बढाइएको हो। बेलायती रक्षा मन्त्री वेस स्ट्रिटिङले उक्त अभियान रक्षात्मक हुने र हुथी समूहविरुद्ध आक्रामक ...


