Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। संघको शनिबार अबेर साँझ सम्पन्न ५२औँ साधारण सभाले तीन वर्षे कार्यकालका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा जबराले गोपालकाजी कायस्थलाई १६ मतले पछि पार्दै जित हासिल गरेका हुन्। संघको कार्यसमिति सदस्यहरू भने निर्विरोध चयन भएका छन्। चलचित्र प्रदर्शकको खुला समूहबाट दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी सदस्यमा चयन भएका छन्। त्यस्तै, चलचित्र वितरकको प्रतिनिधित्व गर्दै करण श्रेष्ठ र गोविन्दबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्य पदमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन्। नेपाल चलचित्र संघ चलचित्र प्रदर्शक तथा वितरकहरूको साझा संस्था हो। नयाँ नेतृत्वले चलचित्र प्रदर्शन तथा वितरण व्यवसायका साथै नेपाली चलचित्र क्षेत्रले भोगिरहेका समस्या र चुनौती समाधानका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनफिल्डको त्रास गुमाउँदैछ लिभरपुल, घरेलु मैदानमा किन संघर्षरत छ रेड ?
Latest NewsJust now

एनफिल्डको त्रास गुमाउँदैछ लिभरपुल, घरेलु मैदानमा किन संघर्षरत छ रेड ?

कुनै समय लिभरपुलको घरेलु मैदान एनफिल्ड विपक्षी टोलीका लागि सबैभन्दा भयावह मैदानमध्ये एक मानिन्थ्यो । त्यहाँको दर्शकको आवाज, खेलाडीको आक्रामकता र दबाबपूर्ण वातावरणले विपक्षीलाई मानसिक रूपमा कमजोर बनाउँथ्यो, तर अहिले... ...

रातोपाटी
हर्मुज जलमार्गमा चर्कियो तनाव,  तेलका ट्यांकरमाथि आक्रमण बढ्दै
Latest NewsJust now

हर्मुज जलमार्गमा चर्कियो तनाव,  तेलका ट्यांकरमाथि आक्रमण बढ्दै

इरानले हर्मुज पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै यहाँबाट चल्ने जहाजले इरानी निकायसँग समन्वय गरी तोकिएको मार्ग मात्र प्रयोग गर्नुपर्ने जनाएको छ ...

कान्तिपुर
कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै पर्यटक
Latest NewsJust now

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै पर्यटक

दमौली । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो। प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ। पछिल्लो समय मौसम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play