Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

नेपाली राजदुत पाण्डेद्वारा भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली राजदुत पाण्डेद्वारा भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
Photo / Coverage: पर्दाफास

भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राजदूत निश्चलनाथ पाण्डेबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपाली राजदूत पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । डा. पाण्डेलाई नेपाल सरकारले गत भदौ २ गते भारतका लागि राजदूतमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका पाण्डेलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार गत कात्तिक ३० गते भारतका लागि आवासीय राजदूत नियुक्त गरेका थिए । सोही दिन उनले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका थिए। पाण्डे दक्षिण एसियाली मामिला तथा परराष्ट्र नीतिका जानकार हुन् । उनी यसअघि दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशकका रूपमा कार्यरत थिए । उनले सन् १९९८ देखि २००६ सम्म परराष्ट्र मामिला अध्ययन संस्थानको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल
OthersJust now

आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल

३ मंसिर, काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् । बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताइन् । ‘हरेक दिन… ...

अनलाइन खबर
पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
OthersJust now

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । मलेसिया जाने श्रमिकबाट मलेसियन सरकारसँग भएको सम्झौताविपरीत रकम संकलन गरी ठगी गरेको आरोपमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । उनी हाल सम्पर्कविहीन रहेको बताइएको छ । यस प्रकरणमा ...

पर्दाफास
बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
OthersJust now

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

३ मंसिर, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार चालकको श्रीमती घाइते भएकी छन् । पूर्व–पश्चिम राजमार्गमा आज बिहीबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा. ०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा. ०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई… ...

अनलाइन खबर
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो
OthersJust now

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

३ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको छ । असार मसान्तसम्मको तुलनामा सञ्चिति रुपैयाँमा ६.८ प्रतिशत बढेको हो भने अमेरिकी डलरमा ८.२ प्रतिशत बढेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play