काठमाडौं । ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरले नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘सदस्य सम्मान तथा अर्थ संकलन साँझ’ आयोजना गर्ने भएको छ । सेन्टरले नोभेम्बर २७ मा हर्सभिलस्थित मराना हल र नोभेम्बर २८ मा वेस्ली कन्फरेन्स हलमा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल र शान्तिश्री परियारका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला सहभागी हुनुहुने भएको छ । सेन्टरका अध्यक्ष विष्णु हमालले बहुसांस्कृतिक केन्द्र भवन निर्माणमा मात्र सीमित नभई नेपाली समुदायको पहिचान, भाषा, कला, संस्कृति र परम्परा संरक्षण गर्दै भावी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने साझा अभियान भएको बताउनुभयो । अष्ट्रेलियामा हुर्कंदै गरेका दोस्रो तथा तेस्रो पुस्ताका नेपाली बालबालिकालाई भाषा र संस्कृतिसँग जोड्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सिड्नीमा सांस्कृतिक साँझ हुँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






