Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

नेपाली बजारमा सार्वजनिक भयो विद्युतीय क्रसओभर ‘चेरी क्यू’

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली बजारमा सार्वजनिक भयो विद्युतीय क्रसओभर ‘चेरी क्यू’
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ विद्युतीय क्रसओभर ‘CHERY Q’ सार्वजनिक भएको छ। नेपालका लागि चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो। आधुनिक प्रविधि, प्रिमियम आराम, आकर्षक डिजाइन र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको CHERY Q ले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षा पूरा गर्ने कम्पनीको विश्वास छ। CHERY Q मा ४१.२ किलोवाट आवर क्षमताको LFP ब्याट्री प्याक र रियर ह्विल ड्राइभ (RWD) पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर जडान गरिएको छ। उक्त मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले NEDC परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीको दाबी छ। आकारका हिसाबले CHERY Q को लम्बाइ ४ हजार १९५, चौडाइ १ हजार ८११ र उचाइ १ हजार ५६८ मिलिमिटर रहेको छ। यसको ह्विलबेस २ हजार ७०० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर छ। नेपाली सडक तथा विभिन्न ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस गाडीमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज (फ्रङ्क) र ३७५ लिटरको पछाडिको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा बुट स्पेसलाई १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। आरामदायी र स्थिर यात्राका लागि अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिङ्क सस्पेन्सन प्रणाली राखिएको छ। सुरक्षालाई प्राथमिकता दिँदै गाडीमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC) र हिल असिस्टजस्ता सुविधा समावेश गरिएको छ। त्यस्तै, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङलगायतका एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) सुविधाले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउने कम्पनीको भनाइ छ। The post नेपाली बजारमा सार्वजनिक भयो विद्युतीय क्रसओभर ‘चेरी क्यू’ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play