Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति
Photo / Coverage: पर्दाफास

भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ देखि २३ सम्म हुने भारत भ्रमणअघि दुई देशबीच हवाई सम्पर्क विस्तारका विषयमा छलफल हुने समाचार सार्वजनिक भएका थिए । ती समाचारमा भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलबाट आवतजावत गर्ने नागरिक उडानका लागि नेपालको आकाशमार्ग प्रयोग गर्न चाहेको उल्लेख थियो । तर, सैन्य विमानसम्बन्धी प्रस्ताव गरिएको भन्ने दाबीलाई भारतले अस्वीकार गरेको हो । प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शाह प्रधानमन्त्री बनेपछि भारतको पहिलो भ्रमण तथा प्रधानमन्त्रीका रूपमा पहिलो द्विपक्षीय विदेश भ्रमण हो । उनी सन् २०२६ मार्चमा प्रधानमन्त्री बनेका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने सोमबार प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा तथा क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचार आदानप्रदान हुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली जानेछन् । उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल रहनेछ । परराष्ट्र सचिव अमृतबहादुर रायले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन गरिने जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् । भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा आगामी परियोजनाको शिलान्यास गर्ने तयारी छ । व्यापार, पारवहन, लगानी, ऊर्जा, कनेक्टिभिटी र पूर्वाधार विकासलाई छलफलको प्राथमिकतामा राखिएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने विषय पनि छलफलमा रहने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा नेपाल–भारत व्यापार मञ्चसमेत आयोजना हुनेछ। उक्त मञ्चमार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुवै देशका व्यवसायीबीच साझेदारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको निकटतामा आधारित मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेको छ । पछिल्लो समय व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत तथा भौतिक र डिजिटल सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको मन्त्रालयको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी
OthersJust now

प्रधानमन्त्री बालेनको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन् । त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डासमेत फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । यसअघि उनी ...

पर्दाफास
ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
OthersJust now

ऊर्जामन्त्री श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्दै छन् । ...

पर्दाफास
यी हुन् बालेनसँगै भारत भ्रमणमा जान लागेकाहरू (नामावलीसहित)
OthersJust now

यी हुन् बालेनसँगै भारत भ्रमणमा जान लागेकाहरू (नामावलीसहित)

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक भएको छ । प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लहकार असिम शाह लगायत छन् । बालेन नेतृत्वको टोली आज अपराह्न पौने… ...

अनलाइन खबर
चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले सुटुक्क गरिन् बिहे
OthersJust now

चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले सुटुक्क गरिन् बिहे

चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले विवाह गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी उनले प्रेमी म्याक्स मोरान्डोसँग विवाह गरेकी हुन् । सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार उनीहरूले नोभेम्बर २१ मा क्यालिफोर्नियामा निजी समारोहबीच विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य र निकट साथीहरू मात्रै सहभागी थिए । माइली म्याक्सभन्दा ६ वर्ष जेठी ग्रामी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play