Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालविरुद्धको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरुवाती पाँच ओभरमा दुई विकेट गुमाएर २५ रन बनाएको छ। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि राशिद खानले दुई दशमलव दुई ओभर बलिङ गर्दै चार रन खर्चेर एक विकेट लिएका छन्। नन्दन यादवले तीन ओभरमा २१ रन खर्चिएका छन्। यूएईका हरप्रीत सिंह १६ बलमा १० रन बनाएर क्रिजमा छन् भने मुहम्मद शाहदाद आठ बलमा दुई रन बनाएर खेलिरहेका छन्। यूएईले १.५ ओभरमा ११ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो। नेपालले आज आफ्नो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलिरहेको छ। यस खेलमा जित निकाल्दै ५०औँ ओडीआई जित पूरा गर्ने लक्ष्य नेपालले राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवासँग खिचिएका ७ तस्बिर राख्दै सूर्य थापा भन्छन्– ८० वर्षमा पनि उहाँ जोसिलो हुनुहुन्छ
Latest NewsJust now

देउवासँग खिचिएका ७ तस्बिर राख्दै सूर्य थापा भन्छन्– ८० वर्षमा पनि उहाँ जोसिलो हुनुहुन्छ

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता भएको बताएका छन्। सामाजिक सञ्जाल ७ फोटो राखेर भेटबारे जानकारी दिँदै थापाले देउवासँग समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसको आन्तरिक अवस्थाबारे कुराकानी भएको बताएका हुन्। थापाका अनुसार २०८२ भदौ २३ र २४ गतेका घटनाक्रमअघिको अवस्था, त्यसपछिको परिस्थिति र हालसम्मको राजनीतिक अवस्थाबारे देउवा स्पष्ट देखिएका छन्। उनले देउवालाई नेपाली राजनीतिका विभिन्न ...

केन्द्रबिन्दु
स्याङ्जामा गुञ्जिदैँ नेपथ्य
Latest NewsJust now

स्याङ्जामा गुञ्जिदैँ नेपथ्य

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ६ गते । चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले आज स्याङ्जामा पहिलो पटक प्रस्तुति दिँदै छ । स्याङ्जा युथ क्लबको आयोजनामा पुतलीबजार नगरपालिका–१ मालेबग... ...

गोरखापत्र
मेस्सीको इन्टर मियामी एमएलएसकाे प्लेअफबाट बाहिरिने जोखिममा
Latest NewsJust now

मेस्सीको इन्टर मियामी एमएलएसकाे प्लेअफबाट बाहिरिने जोखिममा

काठमाडाैं । अमेरिकी मेजर लिग सकर (एमएलएस)को प्लेअफमा लियोनल मेस्सीको टोली इन्टर मियामी कोलम्बस क्रुसँग ३–० गोलले पराजित भएको छ । तर, यो हारसँगै मियामीको प्लेअफ यात्रा भने समाप्त भएको छैन । न्यू स्टेडियममा भएको पहिलो खेलमा कोलम्बसका गोन्जालो तापियाले दुई तथा ताहा हाब्रोनले एक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए । लगातार पाँच खेल जितेको कोलम्बस उत्कृष्ट लयमा देखिँदा इन्टर ...

केन्द्रबिन्दु
देउसीबाट संकलित रकमले टोपी वितरण
Latest NewsJust now

देउसीबाट संकलित रकमले टोपी वितरण

नवीन गुरुङसङ्खुवासभा, मङ्सिर ६ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका –१० खराङमा देउसीबाट संकलित रकमले विद्यालयमा न्यानो टोपी वितरण गरिएको छ ।नेपालीहरुको महानपर्व तिहारको अवसरमा गाउँम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play