काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ को ५ विकेट झार्न सफल भएको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा जारी खेलमा १७ ओभरको समाप्तिमा पाकिस्तान ‘ए’ ले ६ विकेट गुमाएर ६५ रन बनाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ ले लगातार विकेट गुमाउँदै दबाब झेलिरहेको छ। कप्तान अब्दुल समद १५.५ ओभरमा २६ बलमा १ चौकासहित १३ रन बनाउँदै रनआउटको सिकार भए भने त्यस लगत्तै फरहान युसुफ खाता नखोली सन्दीप लामिछानेको बलमा एलबीडब्लू धरापमा परे। यसअघि राशिद खानले शमिल हुसेन (६), माज सदाकत (१३) र हैदर अली (१५) लाई आउट गर्दै सुरुवाती सफलता दिलाएका थिए। हसन नवाज ३३ बलमा १ छक्कासहित अविजित १५ रन बनाएर क्रिजमा टिकिरहेका छन्। नेपालका लागि बलिङतर्फ राशिद खानले ५ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका छन् भने कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेल १/१ विकेट हात पारेका छन्।
नेपालविरुद्ध पाकिस्तान ‘ए’ दबाबमा, ६ विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






