काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालका तीव्र गतिका बलर राशिद खानले शानदार बलिङ गर्दै पाकिस्तान ‘ए’को सुरुवाती तीनवटै विकेट लिएका छन्। दोहामा जारी खेलमा ११ ओभरको समाप्तिमा पाकिस्तान ‘ए’ ले ३ विकेट गुमाएर ५० रन बनाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ विरुद्ध राशिद एक्लैले कहर मच्चाएका हुन्। पहिलो ओभरमै ओपनर शमिल हुसेनलाई ६ रनमा आउट गरेका राशिदले ४.६ ओभरमा अर्का ओपनर माज सदाकतलाई १३ रनमा बोल्ड आउट गरे। त्यसपछि ६.४ ओभरमा हैदर अलीलाई १५ रनमा देव खनालको हातबाट क्याच आउट गराउँदै राशिदले आफ्नो तेस्रो विकेट पूरा गरे। राशिदले ५ ओभरमा २९ रन खर्चेर ३ विकेट हात पारेका छन्। हाल क्रिजमा पाकिस्तान ‘ए’ का कप्तान अब्दुल समद १३ बलमा १ चौकासहित ९ रन तथा हसन नवाज १७ बलमा ४ रन बनाएर अविजित खेलिरहेका छन्। नेपालका अन्य बलरहरूमा अभिषेक गौतमले ३ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चिएका छन् भने नन्दन यादवले ३ ओभरमा १५ रन दिएका छन्।
नेपालविरुद्ध पाकिस्तान ‘ए’को सुरुवाती तीनवटै विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






