काठमाडौं।नेपालमा आयोजना हुन लागेको आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर ४ तारिखमा इटलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल डिसेम्बर ६ तारिखमा युगाण्डासँग खेल्ने तालिका छ। त्यसपछि नेपालले डिसेम्बर १० मा युनाइटेड अरब इमिरेट्स (युएई), डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग मैदानमा उत्रिनेछ। त्यस्तै, नेपालले डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ तारिखमा कुवेतविरुद्ध खेल्ने तालिका छ। यस प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

Read Complete Original Article
Published originally on नेपालन्युज






