Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सहकार्यमा बन्ने चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सहकार्यमा बन्ने चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । नेपाल र भारतका चलचित्रकर्मी तथा प्रतिष्ठित निर्माण संस्थाहरूको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक गरिएको छ। तिहारको अवसर पारेर निर्माण पक्षले ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा चलचित्रको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो। पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ। पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा तयार पार्ने लक्ष्य राखिएको छ। चलचित्रको लेखन तथा निर्देशनको जिम्मेवारी किङ योगीले सम्हाल्नेछन् भने चलचित्र पत्रकारसमेत रहेका सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन्। नेपाल र भारतको संयुक्त सहकार्यमा निर्माण हुन लागेको चलचित्रको पूर्वनिर्माण अर्थात् तयारीको काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायाङ्कन आगामी असार महिनादेखि सुरु गर्ने तयारी गरिएको छ। चलचित्रको करिब ३० प्रतिशत छायाङ्कन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ। भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत चलचित्रका महत्वपूर्ण दृश्यहरू छायाङ्कन गर्ने योजना रहेको छ। चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारहरूको अभिनय रहनेछ। भारतका केही चर्चित कलाकारसँगै नेपाली कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहने भए पनि कलाकारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको चलचित्रको सम्पादन, रङ संयोजन, ध्वनि डिजाइन, दृश्य प्रभाव, डिजिटल इन्टरमिडियट तथा प्रचार सामग्रीको डिजाइनलगायत प्रदर्शनपछिका अधिकांश काम भारतका प्रतिष्ठित कम्पनी र अनुभवी प्राविधिक टोलीसँगको सहकार्यमा गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारीसमेत भइरहेको छ। अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित विश्वका अग्रणी ओटीटी अर्थात् इन्टरनेटमार्फत चलचित्र हेर्न सकिने डिजिटल प्लेटफर्महरूसँग वितरण तथा प्रदर्शनका विषयमा छलफल भइरहेको पनि निर्माण पक्षले जानकारी दिएको छ। यससम्बन्धी अन्तिम निर्णय भने छिट्टै सार्वजनिक गरिने बताइएको छ। पहिलो झलक सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु, कलाकार, निर्माण पक्ष र अन्तर्राष्ट्रिय प्रदर्शन योजनाबारे दर्शकमा उत्सुकता बढ्ने अपेक्षा गरिएको छ। नेपाल र भारतका चलचित्र उद्योगबीचको सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखिएको ‘मोनालिसा ब्लडी लभ’ नेपाली चलचित्र क्षेत्रका लागि महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनाका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा
Latest NewsJust now

विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा

म्याग्दी।यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन्। गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ती जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन्। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको ...

नेपालन्युज
खेललाई सहज रूपमा लिने प्रयास गर्दा ठूलो रन बनाउन सकेँ :  युवराज सम्रा
Latest NewsJust now

खेललाई सहज रूपमा लिने प्रयास गर्दा ठूलो रन बनाउन सकेँ :  युवराज सम्रा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३ रनले पराजित गरेपछि पोखरा एभेन्जर्सका ब्याटर युवराज सम्राले टोलीको जितमा खुसी व्यक्त गरेका छन् । सोमबार भएको खेलमा युवराजले उत्कृष्ट ब्याटिङ... ...

रातोपाटी
चितवनविरुद्ध काठमान्डुको ब्याटिङ, काठमान्डु पर्पल जर्सी लगाएर मैदानमा
Latest NewsJust now

चितवनविरुद्ध काठमान्डुको ब्याटिङ, काठमान्डु पर्पल जर्सी लगाएर मैदानमा

काठमान्डु ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग पराजित भएयता काठमान्डुले लगातार तीन खेल जितेको छ । चितवनलाई पराजित गरेमा काठमान्डु अंक तालिकाको शीर्ष स्थानमा पुग्ने छ । चितवनको ४ खेलमा ५ अंक छ र काठमान्डुमाथि विजय हात पारे टोली कम्तिमा दोस्रो स्थानमा उक्लने छ । ...

कान्तिपुर
चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती
Latest NewsJust now

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

काठमाडौं । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ । चीनले उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको र यसबाट अमेरिका तथा उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढ्न सक्ने प्रतिवेदनको मूल्याङ्कन छ । अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play