Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो । भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए । सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो । उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बीटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए । अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए । त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे । उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो । राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालसँग आर्थिक सम्बन्ध पुन: जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो । उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो । भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गरे । भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग, हवाई तथा स्थल सम्पर्क विस्तारलगायत विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । उक्त भेटमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा लगायतको उपस्थिती रहेको थियो । The post नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राज्यका सबै अङ्गमा संस्थागत शुद्धीकरण आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई
Latest NewsJust now

राज्यका सबै अङ्गमा संस्थागत शुद्धीकरण आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा.भट्टराईले यस्तो बताएका... ...

रातोपाटी
सीमा क्षेत्रबाट सात महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद
Latest NewsJust now

सीमा क्षेत्रबाट सात महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद

पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको अवैध सामग्री बरामद भएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२ सम्म) १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओस... ...

नेपालखबर
चाडपर्वलक्षित मातहतका निकायलाइ सुरक्षा व्यवस्था कडा गर्न निर्देशन
Latest NewsJust now

चाडपर्वलक्षित मातहतका निकायलाइ सुरक्षा व्यवस्था कडा गर्न निर्देशन

वासुदेव शर्मा जाजरकोट, कात्तिक १६ गते । जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ । चाडपर्व दीपावलीमा शान्ति सुरक्षा कायम गर्न तथा सुरक्षा व्यवस्थालाइ प्... ...

गोरखापत्र
श्रामणेरिका भिक्षुणीद्वारा विश्व शान्ति मोन्लम पूजा सम्पन्न
Latest NewsJust now

श्रामणेरिका भिक्षुणीद्वारा विश्व शान्ति मोन्लम पूजा सम्पन्न

प्रकृति, समस्त प्राणी र मानव समुदायको भलो, रक्षा तथा दीर्घायुको कामना गर्दै मायादेवी मन्दिरमा सोमबार पूजा सम्पन्न गरिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play