Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको मौलिक संस्कृति र अध्यात्मलाई वेलनेस पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड
Photo / Coverage: टक्सार

काठमाडौँ। नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन् । सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला नेपाल पर्यटन बोर्डले बुधबार बेलुका काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजित ‘वेलनेस टुरिजम इन नेपाल: ग्लोबल पर्स्पेक्टिभ्स एन्ड स्ट्राटेजिक प्रायोरिटिज’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको वेलनेस पर्यटनको पहिचान अरू देशको अवधारणाको नक्कल गरेर नभई आफ्नै मौलिक विशेषताका आधारमा निर्माण गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व वेलनेस पर्यटन बजारमा विशिष्ट पहिचान स्थापित गर्न आवश्यक प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक आधार रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी कथा र रणनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने बताए । विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूसँग काम गरेको दुई दशकभन्दा लामो अनुभव भएका फ्र्याङ्कलिनले नेपालको वेलनेस पर्यटन प्रवर्द्धन गर्दा नेपालको मौलिक पहिचानलाई कमजोर बनाउन नहुने धारणा राखे । “नेपालले वेलनेस पर्यटनको प्रवर्द्धन गर्दा अरू देशको अवधारणालाई जस्ताको तस्तै अपनाउनु स्वभाविक देखिँदैन । नेपालको आफ्नै संस्कृति, आध्यात्मिकता, परम्परा र प्रकृतिसँग जोडिएको जीवनदर्शन छ । विश्व बजारलाई नेपालले आफ्नै कथा सुनाउनुपर्छ । यहाँका मन्दिर, संस्कृति, परम्परा र समुदायसँग जोडिएका अनुभवलाई विश्वसामु पुर्‍याउन सक्नुपर्छ,” फ्र्याङ्कलिनले भने। उनका अनुसार विश्व पर्यटन बजारमा वेलनेसको माग बढ्दै गएको अवस्थामा नेपालले आफ्नो सांस्कृतिक र आध्यात्मिक सम्पदालाई पर्यटन अनुभवसँग जोडेर नयाँ पहिचान निर्माण गर्न सक्छ । वेलनेसलाई केवल स्पा, मसाज वा आरामसँग सीमित नगरी आत्मिक शान्ति, प्रकृतिसँगको सम्बन्ध, अपनत्व र जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । उनले विश्वका मानिसहरू बढ्दो व्यस्तता र कोलाहलबाट थकित भइरहेका बेला उनीहरूलाई नेपालको प्राकृतिक र सांस्कृतिक जीवनशैलीसँग जोड्ने अवसर रहेको उनले बताए । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले नेपालको वेलनेस पर्यटन विकासमा मौलिक सम्पदाको संरक्षण र पर्यटक आगमन वृद्धि तथा पर्यटनबाट प्राप्त हुने आर्थिक लाभबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती रहेको बताए । “हामी अहिले एउटा विरोधाभासपूर्ण अवस्थामा छौँ । एकातिर हाम्रो प्राचीन सम्पदा, धार्मिक आस्था, संस्कृति र मौलिक पहिचान जोगाउनुपर्ने दायित्व छ भने अर्कोतर्फ पर्यटकको संख्या बढाउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र पर्यटनबाट प्राप्त हुने लाभ विस्तार गर्नुपर्ने आवश्यकता छ । यी दुई पक्षबीच सन्तुलन कायम गर्दै अगाडि बढ्नु आजको मुख्य चुनौती देखिन्छ,” गौतमले भने। उनका अनुसार वेलनेस पर्यटनको मूल उद्देश्य मानिसलाई आफैँसँग जोडिन, आफ्नो अस्तित्व बुझ्न र आत्मिक शान्ति प्राप्त गर्न सहयोग गर्नु हो । नेपालले आफ्नो संस्कृति, प्रकृति र जीवनशैलीमा निहित यस्ता अनुभवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सक्ने उनले बताए । गौतमले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा अझै पनि हिमाल र पर्वतारोहणकै पहिचान बढी स्थापित रहेको उल्लेख गर्दै वेलनेस पर्यटनमा छुट्टै अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न नयाँ मानक आवश्यक रहेको बताए । नेपालले आफ्नो मौलिक विशेषतालाई अन्तर्राष्ट्रिय बजारले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा नेपाल वेलनेस पर्यटनको विशिष्ट पहिचान, सन् २०२७ को वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारमा नेपालको ‘पोजिसन’ निर्धारण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यका प्राथमिकताबारे छलफल भएको थियो । अन्तरक्रियामा सरकार तथा निजी क्षेत्रका वेलनेस पर्यटन सम्बद्ध संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका प्रतिनिधिहरूले वेलनेस पर्यटनलाई नेपालको समग्र पर्यटन व्यवसायसँग जोडेर विकास गर्नुपर्ने धारणा राखेका थिए । यसका लागि स्पष्ट सन्देश, मौलिक पर्यटन अनुभव र अन्तर्राष्ट्रिय बजार लक्षित प्रभावकारी प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शरद ऋतुमा हिमाल आरोहणबाट ३२ करोडभन्दा बढी राजस्व संकलन
Latest NewsJust now

शरद ऋतुमा हिमाल आरोहणबाट ३२ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न विदेशी पर्वतारोहीको आकर्षण बढेको छ । पर्यटन विभागका अनुसार कात्तिक १२ गतेसम्म ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अनुमति लिनेमा १ हजार १३७ पुरुष र ३५६ महिला रहेका छन् । यस अवधिमा हिमाल आरोहण अनुमति शुल्क तथा रोयल्टीबापत नेपाल सरकारले २१ ...

नेपालन्युज
कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध
Latest NewsJust now

कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

नेपाली कांग्रेसको इतर समूहले सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ। ...

कान्तिपुर
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
Latest NewsJust now

चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

• रसुवाका पासाङ शेर्पाले विदेशमा काम नगरी गाउँमै चौँरीपालन गरेर सफलता हासिल गरेका छन्। • उनले १० वटा चौँरीबाट व्यवसाय सुरु गरेर अहिले ६० वटा चौँरीमा ४५ लाखको सम्पत्ति बनाएका छन्। • पासाङको मेहनतले गाउँका अन्य युवालाई पनि स्वदेशमै उद्यम गर्न प्रेरित गरेको छ। ...

नेपालबहस
जमुनाह नाकामा सुरक्षा कडा
Latest NewsJust now

जमुनाह नाकामा सुरक्षा कडा

नेपालगन्ज समाचारदातानेपालगन्ज, कात्तिक १९ गते । पश्चिम नेपालको प्रमुख नाका नेपाल–भारत जमुनाह नाकाको सुरक्षाव्यवस्था कडा पारिएको छ । चाडपर्वका समयमा नाकामा आवागमन अत्यधिक वृद्धि हुन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play