नेपालको दोस्रो विकेट इशान २९ रन बनाएर आउट

काठमाडौं । आईसीसी विश्व क्रिकेट ’लिग टु’को वर्तमान साइकलअन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आशिफ शेख र टप अर्डर ब्याट्सम्यान इशान पाण्डे आउट भएका हुन् ।आसिफ १३ बलमा ७ र इशान ६० बलमा २९ रन बनाएर आउट भए । यो समाचार तयार पार्दासम्म २२ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ८५ रन जोडेको छ । यो खेल जित्न सके नेपालले प्रतियोगिता छैटौं स्थानमा टुंग्याउने छ भने अन्यथा अंक तालिकामा माथि उक्लिन सक्ने छैन । आईसीसीले आधिकारिक रूपमा केही नभने पनि नेपालको यो खेललाई एकदिवसीय मान्यतासँग जोडेर समेत हेरिएको छ । The post नेपालको दोस्रो विकेट इशान २९ रन बनाएर आउट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...


