Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र समावेशी बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा यस्तो प्रतिबद्धता दोहोर्‍याएको हो । ‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ नारासहित आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, सरकार, नियामक निकाय र भुक्तानी क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए । उनीहरूले नेपालको डिजिटल भुक्तानी प्रणालीमा देखिएका अवसर र चुनौती, उपभोक्ताको बदलिँदो आवश्यकता तथा प्रविधिको प्रयोगलाई सुरक्षित बनाउने विषयमा छलफल गरेका थिए । कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक अजित रेग्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए । भिसाका तर्फबाट बंगलादेश, नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, नेपाल प्रमुख मनोज थापा र प्रोडक्ट प्रमुख तौफिक इमाम सहभागी थिए । भिसाका कन्ट्री म्यानेजर सब्बिर अहमदले डिजिटल भुक्तानी प्रणालीको मुख्य आधार विश्वास भएको बताए । नेपाल डिजिटल रूपान्तरणको प्रक्रियामा अघि बढिरहेका बेला नवीनता, सुरक्षा र सहकार्यबाट उपभोक्ता तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो । उनले भिसाको अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र सञ्जाललाई स्थानीय साझेदारीसँग जोडेर नेपालको डिजिटल भुक्तानी प्रणाली विकासमा सहयोग गर्ने बताए । नियामक निकाय, वित्तीय संस्था र अन्य सरोकारवालासँगको सहकार्यबाट सुरक्षित र सहज डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न सकिने उनले उल्लेख गरे । कार्यक्रमको सन्ध्याकालीन सत्रमा ‘भिसा बिजनेस एक्सिलेन्स अवार्ड’ पनि प्रदान गरिएको थियो । नेपालमा डिजिटल भुक्तानीको विस्तारमा योगदान पुर्‍याउने बैंक, वित्तीय संस्था तथा अन्य साझेदारलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । भिसाले विश्वका २०० भन्दा बढी देश तथा भूभागमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था र सरकारी निकायबीच डिजिटल भुक्तानी कारोबार सहज बनाउँदै आएको छ । कम्पनीले सुरक्षित, भरपर्दो र सहज भुक्तानी सञ्जालमार्फत डिजिटल अर्थतन्त्रको विकासमा सहयोग गर्दै आएको जनाएको छ। The post नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने
Latest NewsJust now

भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने

भेनेजुएला । भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ । भनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बिहीबार यो घोषणा गरेका हुन् । सन् २०२४ मा पारित भएको र... ...

रातोपाटी
रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
Latest NewsJust now

रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण

मुगु। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ। लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरकारी निकाय, स्थानीय संस्था र व्यवसायीको सहकार्यमा पुनर्निर्माण गरिएको हो। रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान् ध्वज गुल्मको अग्रसरतामा चौतारी पुनर्निर्माण गरिएको हो। पुनर्निर्माण सम्पन्न भएपछि उत्तरपश्चिम पृतनाका पृतनापति ...

नेपालन्युज
राष्ट्रिय खेलकुदमा कीर्तिमान बनाएका यी एनआरएन खेलाडी
Latest NewsJust now

राष्ट्रिय खेलकुदमा कीर्तिमान बनाएका यी एनआरएन खेलाडी

अस्ट्रेलिया र अमेरिकामा जन्मिएर हुर्किएका मिखा थापा र लिली बोहराले नेपालका लागि पौडी खेल्दै पदक जितेर आफ्नो सपना पूरा गरेका छन्। ...

कान्तिपुर
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने
Latest NewsJust now

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने

सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय (आरएफआईडी) स्टिकरको माध्यमबाट टोल बुथमा नरोकिई तोकिएको एन–ट्याग लेनबाट सिधै स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाउनुका साथै समय र ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement