Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने
Photo / Coverage: कर्पोरट खबर

सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय (आरएफआईडी) स्टिकरको माध्यमबाट टोल बुथमा नरोकिई तोकिएको एन–ट्याग लेनबाट सिधै स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाउनुका साथै समय र इन्धन बचत गर्न तथा यात्रालाई पूर्ण रूपमा नगदरहित र छरितो बनाउन सहयोग पुग्नेछ । एन–ट्याग दर्ता तथा सक्रिय गर्ने प्रक्रिया ग्राहकले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन–ट्याग प्राप्त तथा सक्रिय गर्न सक्नेछन् । यसका लागि सर्वप्रथम सडक बोर्ड नेपालको पोर्टल https://rbn.org.np मा गई ‘Sign Up’ मार्फत व्यक्तिगत (Individual) वा संस्थागत (Organization) विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि मोबाइल नम्बर र इमेल राखी इमेलमा प्राप्त भेरिफिकेसन कोड प्रविष्ट गरी पासवर्ड सेट गर्नुपर्नेछ । व्यक्तिगत दर्ताका लागि पूरा नाम, ठेगाना, सम्पर्क विवरण तथा आधिकारिक परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी) को स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्नेछ । संस्थागत दर्ताका लागि संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, आधिकारिक प्रतिनिधिको विवरण, संस्था दर्ता प्रमाणपत्र तथा प्यान र भ्याट (PAN/VAT) प्रमाणपत्र अपलोड गर्नुपर्नेछ । त्यसपछि पोर्टलमा लगइन गरी ‘Vehicle Registration’ मा गएर ब्लुबुकअनुसारको सवारी विवरण तथा ब्लुबुकको प्रतिलिपि अपलोड गरी आवेदन पेस गर्नुपर्नेछ । आवेदन पेस गरेपछि प्राप्त हुने आवेदन दर्ता नम्बर (Submission No.) सहितको पीडीएफ फाइल डाउनलोड गर्नुपर्नेछ । उक्त कागजातसहित व्यक्तिगत दर्ताका लागि सक्कल नागरिकता वा परिचयपत्र, ब्लुबुक र पासपोर्ट साइजको फोटो तथा संस्थागत दर्ताका लागि संस्था दर्ता प्रमाणपत्र, प्यान र भ्याट प्रमाणपत्र, ब्लुबुक र आधिकारिक प्रतिनिधिको परिचयपत्र लिएर नजिकैको सिद्धार्थ बैंकको शाखामा जानुपर्नेछ । बैंकले कागजात रुजु गरी सवारी नम्बरमा एन–ट्याग आबद्ध गरेर भौतिक स्टिकर प्रदान गर्नेछ । त्यसपछि पुनः पोर्टलमा लगइन गरी ‘Activate Tag’ विकल्पमार्फत ट्याग सक्रिय गर्नुपर्नेछ र उक्त स्टिकर सवारीसाधनको अगाडिको सिसामा टाँस्नुपर्नेछ । त्यसैगरी, ग्राहकले बैंकको मोबाइल बैंकिङ (BankSmartXP) मार्फत घरमै बसेर सहजै एन–ट्याग रिचार्ज गर्न सक्नेछन् । साथै सडक बोर्ड नेपालको मोबाइल एप तथा पोर्टलबाट आफ्नो मौज्दात (Balance) र कारोबार विवरणसमेत हेर्न सकिनेछ । एउटा एन–ट्याग एउटा निश्चित सवारीसाधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ । टोल लेन प्रयोग गर्नुअघि आफ्नो एन–ट्यागमा पर्याप्त ब्यालेन्स रहेको सुनिश्चित गर्नुपर्नेछ । यस सेवाको प्रयोगले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन हुनुका साथै निकट भविष्यमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोल (ETC) युक्त राजमार्गहरूमा सर्वसाधारणको यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बन्ने विश्वास बैंकले लिएको छ । The post नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अब विदेश जाँदा ह्वाट्सएपबाटै किन्न र चलाउन सकिने ई–सिम, जियोसहित टेलिकम कम्पनीसँग सहकार्य
Latest NewsJust now

अब विदेश जाँदा ह्वाट्सएपबाटै किन्न र चलाउन सकिने ई–सिम, जियोसहित टेलिकम कम्पनीसँग सहकार्य

लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले विदेश भ्रमणका क्रममा प्रयोग गर्न मिल्ने डेटा ई–सिम एपभित्रै खरिद गरेर इन्स्टल गर्न सकिने सुविधा ल्याउने भएको छ। ह्वाट्सएपले आफ्नो ब्लगमार्फत नयाँ सुविधाको घोषणा गर्दै प्रारम्भिक चरणमा केही चुनिएका देशमा यो सेवा उपलब्ध हुने जनाएको छ। यसका लागि भारतको दूरसञ्चार कम्पनी रिलायन्स जियोसहित विभिन्न ई–सिम सेवा प्रदायक र दूरसञ्... ...

नेपालखबर
पूर्व मुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा
Latest NewsJust now

पूर्व मुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

काठमाडौँ। नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमा ल्याइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो... ...

रातोपाटी
लुम्बिनी क्षेत्रमा अवैध पसल २४ घण्टाभित्र हटाउन निर्देशन
Latest NewsJust now

लुम्बिनी क्षेत्रमा अवैध पसल २४ घण्टाभित्र हटाउन निर्देशन

लुम्बिनी । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्र अनधिकृत रूपमा सञ्चालन भइरहेका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ। कोषले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मंसिर ११ गतेदेखि लागू हुने गरी २४ घण्टाभित्र स्वीकृतिबिना सञ्चालन गरिएका पसल हटाउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो। पवित्र उद्यान क्षेत्र, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत कोषले पसल सञ्चालन गर्न निषेध गरेका स्थानमा अनुमति नलिई पसल राखिएको ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement