नेपालको ऋण दायित्व ३० खर्ब नाघ्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व बढेर ३० खर्बभन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकोमा तीन महिना अवधिमा सरकारले एक खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । रकमका आधारमा बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँ र आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड नौ लाख पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल छ खर्ब ५८ अर्ब २८ करोड सात लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा असोजसम्ममा एक खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण प्राप्त भएको छ । जुन वार्षिक लक्ष्यको १८.७३ प्रतिशत हो । असोजसम्म आन्तरिक ऋणतर्फ एक खर्ब रुपैयाँ परिचालन भएको छ । जुन वार्षिक लक्ष्यको २४.३९ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणबाट चार खर्ब १० अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य रहेकामा असोजसम्म २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँमात्रै प्राप्त भएको छ । जुन वार्षिक लक्ष्यको ९.३९ प्रतिशत हो । तीन महिनामा प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.०९ र बाह्य ऋणको हिस्सा १८.९१ प्रतिशत रहेको छ । वार्षिक लक्ष्य पूरा गर्न सरकारले अझै पाँच खर्ब ३४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ ऋण परिचालन गर्नुपर्नेछ । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । जुन वार्षिक बजेट विनियोजनको २३.६६ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि चार खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणको भुक्तानीमा ८२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । जुन आन्तरिक ऋण भुक्तानीका लागि विनियोजित वार्षिक बजेटको २५.२१ प्रतिशत हो । आन्तरिक ऋणको साँवा भुक्तानीमा ६५ अर्ब १० करोड ५० लाख रुपैयाँ र ब्याज भुक्तानीमा १७ अर्ब ६३ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, बाह्य ऋणको साँवा तथा ब्याज भुक्तानीमा १६ अर्ब १३ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो बाह्य ऋण भुक्तानीका लागि विनियोजित वार्षिक बजेटको १७.९८ प्रतिशत हो । यसमध्ये साँवा भुक्तानीमा १२ अर्ब ६४ करोड २८ लाख रुपैयाँ र ब्याज भुक्तानीमा ३ अर्ब ४९ करोड २७ लाख रुपैयाँ खर्च भएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

वर्षा रोकिएपछि कुलेखानी जलाशयमा टर्यो खतरा
मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम सुस्त भएको छ। लगातारको वर्षा रोकिएर घाम लाग्न थालेसँगै जलाशयमा पानीको सतह बढ्ने क्रम घटेको हो। आज बिहान ७ बजेको मापनअनुसार जलाशयको जलसतह १५२८.६७ मिटर पुगेको छ। यसअघि वर्षा नरोकिँदा जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि बाँधमा पानीको सतह व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सतर्कता अपना... ...

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
• डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै इलाममा सत्याग्रह गर्दा स्वास्थ्य समस्या देखिएको छ। • उनको स्वास्थ्य अवस्था कमजोर भएपछि इलाम अस्पतालमा भर्ना गरिएको छ, जहाँ रगतमा चिनीको मात्रा घटेको र बोल्नमा कठिनाइ भएको छ। • स्वास्थ्यकर्मीको टोलीले उनलाई सत्याग्रहस्थलबाट अस्पतालमा ल्याएको र थप उपचारको लागि निगरानीमा राखिएको छ। ...

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुंगामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनामा जनाइएको काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको […] ...

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। ...


