Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपालका बाढीपीडितलाई भुटानी अमेरिकी समुदायको एक लाख १५ हजार डलर सहयोग

नेपालका बाढीपीडितलाई भुटानी अमेरिकी समुदायको एक लाख १५ हजार डलर सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालका बाढीपीडितलाई भुटानी अमेरिकी समुदायको एक लाख १५ हजार डलर सहयोग

ओहायो, अमेरिका । नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकास्थित भुटानी नेपाली समुदायको पहलमा एक लाख १५ हजार ५६८ अमेरिकी डलर एक सेन्ट संकलन गरिएको छ । विभिन्न राज्यका संघसंस्था, दाता र स्वयंसेवकको सहभागितामा जुटाइएको रकम प्रधानमन्त्री राहत कोष र नेपाल रेडक्रस सोसाइटीलाई पठाइसकिएको भुटानी कम्युनिटी सेन्टर अफ सेन्ट्रल ओहायो (बीसीसीओ) ले जनाएको छ । ‘भुटानी अमेरिकन्स युनाइटेड फर नेपाल फ्लड रिलिफ’ अभियानअन्तर्गत संकलित सहयोगको प्रतीकात्मक चेक आइतबार ओहायोस्थित लिकिङ हाइट्स मिडिल स्कुलमा आयोजित समारोहमा अमेरिकास्थित नेपाली कार्यवाहक राजदूत शरदराज आरणसमक्ष हस्तान्तरण गरिएको हो । कार्यक्रमको व्यवस्थापन बीसीसीओले गरेको थियो । समारोहमा प्रस्तुत वित्तीय विवरणअनुसार एक लाख नौ हजार ५४ डलर ६७ सेन्ट प्रधानमन्त्री राहत कोषमा र ६ हजार ५१३ डलर ३४ सेन्ट नेपाल रेडक्रस सोसाइटीलाई पठाइएको छ । सम्बन्धित निकायका बैंक खातामा रकम यसअघि नै पठाइसकिएकाले समारोहमा प्रतीकात्मक चेक हस्तान्तरण गरी सहयोगको विवरण सार्वजनिक गरिएको आयोजकले स्पष्ट पारेको छ । कार्यक्रममा कार्यवाहक राजदूत आरणले राहत अभियानमा योगदान गर्ने दाता, संघसंस्था, स्वयंसेवक र समुदायका सदस्यप्रति आभार व्यक्त गरेको आयोजकले जनाएको छ । आयोजककाअनुसार उनले विपद्का बेला नेपालप्रति भुटानी नेपाली समुदायले देखाएको सद्भाव र ऐक्यबद्धताको प्रशंसा गरेका थिए । आरणले नेपालमा बाँकी रहेका शरणार्थीसम्बन्धी समस्याको विषयसमेत उठाएका थिए । उक्त समस्या समाधानका लागि नेपाल सरकारले आवश्यक पहल गर्नुपर्ने धारणा उनले राखेको आयोजकले जनाएको छ । रेनोल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष तथा सामुदायिक अगुवा भुवन प्याकुरेलका अनुसार नेपालमा बाढीले पुर्‍याएको क्षतिको खबर सार्वजनिक भएपछि अमेरिकाका विभिन्न राज्यमा रहेका भुटानी नेपाली समुदायका सदस्य र संघसंस्था राहत अभियानमा जोडिएका थिए । ओहायो, पेन्सिलभेनिया, विस्कान्सिनलगायत राज्यबाट सहयोग जुटेको उनले जानकारी दिए । “हामी अमेरिकाका फरक-फरक राज्यहरूमा छरिएर रहेका भए पनि नेपालको पीडाले हामी सबैलाई एकै ठाउँमा ल्यायो। युवा, महिला, व्यवसायी र स्थानीय संघसंस्था सबैले दिनरात नभनी अभियानमा खटेका थियौँ,” प्याकुरेलले भने । बाढीप्रभावित परिवारलाई सहयोग पुर्‍याउने प्रयासमा समुदायका विभिन्न पुस्ता र क्षेत्रका सदस्य सहभागी भएको उनले बताए । बीसीसीओले पनि अभियानले आर्थिक सहयोग जुटाउनुका साथै विभिन्न राज्यमा बसोबास गर्ने समुदायलाई साझा मानवीय उद्देश्यमा एकजुट बनाएको जनाएको छ । समारोहमा उपस्थित साहित्यकार राधाप्रिया शर्माले हिटा संवाददातासँगको कुराकानीमा अभियानको सफलताको श्रेय सहयोगमा जुटेका सबै दाता, स्वयंसेवक, आयोजक र समर्थकलाई जाने बताइन् । संकटमा परेका परिवारप्रति समुदायले देखाएको करुणा र ऐक्यबद्धताले भौगोलिक दूरीले मानवीय सम्बन्धलाई कमजोर बनाउन नसक्ने सन्देश दिएको उनले उल्लेख गरिन् । अभियानमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइएको उल्लेख गर्दै शर्माले संकलित सम्पूर्ण रकम नेपालका बाढीप्रभावित समुदायको सहयोगका लागि पठाइएको र आयोजकले कुनै रकम आफूसँग नराखेको बताइन्। समुदाय एकजुट हुँदा सानो योगदानले पनि अर्थपूर्ण परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो । समारोहमा बीसीसीओका बोर्ड सदस्य झुमा नाथ आचार्यले राहत संकलन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । उनले अभियान सञ्चालनका लागि गठित राहत संकलन तदर्थ समितिले जिम्मेवारी पूरा गरेपछि त्यसलाई विघटन गरिएको जानकारी दिए । अभियानको आर्थिक विवरण वा अन्य विषयमा थप जानकारी तथा स्पष्टीकरण आवश्यक परे बीसीसीओसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन् । कार्यक्रममा प्याकुरेलले स्वागत मन्तव्य दिएका थिए भने कमल धिमालले अभियानको उद्देश्यबारे जानकारी दिँदै अतिथिहरूको परिचय गराएका थिए । समुदायका तर्फबाट भर्जिनियाका सामुदायिक अगुवा बाल थापा र एक्रोन-क्लिभल्यान्डका हेमन्त तिर्वाले मन्तव्य राखेका थिए । रिस्ता सापकोटाले विशेष मन्तव्य राखेकी थिइन् । प्याकुरेलले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए । ‘युनाइटेड हार्ट्स, सपोर्टिङ नेपाल, टुगेदर वी मेक अ डिफरेन्स’ अर्थात् ‘एकताबद्ध मन, नेपालको साथ : मिलेर परिवर्तन ल्याऔँ’ भन्ने भावको नारासहित अभियान सञ्चालन गरिएको थियो । आयोजकले राहत संकलनमा सहभागी दाता, संघसंस्था, स्वयंसेवक, सामुदायिक अगुवा र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । विस्थापन र पुनर्स्थापनाको अनुभव बोकेको भुटानी नेपाली अमेरिकी समुदाय यस अभियानमार्फत नेपालका विपद्प्रभावित परिवारको सहयोगमा जुटेको हो । विभिन्न राज्यमा छरिएर रहेका समुदायका सदस्यको साथ र सहभागिताबाट राहत रकम संकलन सम्भव भएको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौं।जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तिकरण परियोजनाले आपतकालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो ...

नेपालन्युज
दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)
ताजा खबरJust now

दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)

काठमाडौं । दशैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् टिका, जमरा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला खानेकुराका विभिन्न परिकारहरुको कुरा नै आउँछन। दशैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन्। झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्यानउनु परेका थुप्रै उदाहरणहरु पनि पाइन्छन छन। भेटघाट, रमाइलो भन्दा पनि ...

कर्पोरट खबर
गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै
ताजा खबरJust now

गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै

• काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित चुरीथुम्कामा दशैंको समयमा परम्परागत लिङ्गे पिङको चहलपहल कम भएको छ। • विगतका वर्षहरूमा पिङ खेल्नको लागि लामो लाइन लाग्ने गर्दथ्यो, तर यस वर्ष मानिसको अभावले पिङ सुनसान भएको छ। • वैदेशिक रोजगारी र मोबाइलको आकर्षणले गर्दा युवापुस्ताको गाउँबाट बाहिरिनु र पिङको संस्कृति घट्दै गएको स्थानीयहरूको भनाइ छ। ...

नेपालबहस
पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार
ताजा खबरJust now

पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकेत गरेका हुन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play