Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नेतन्याहूलाई सत्ताबाट हटाउन र सरकार गठनमा आइजेनकोटका चार सर्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतन्याहूलाई सत्ताबाट हटाउन र सरकार गठनमा आइजेनकोटका चार सर्त
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजरायलको विपक्षी गठबन्धनको नेतृत्व गरिरहेका पूर्वसेना प्रमुख तथा ‘यशार’ पार्टीका नेता गादी आइजेनकोटले नयाँ सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् । हालैको निर्वाचनमा प्राप्त अग्रतालाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारलाई सत्ताबाट हटाउन प्रयोग गर्ने उनको योजना छ । आइजेनकोटले आफ्ना चार सर्तमा सहमत हुने जुनसुकै दलसँग गठबन्धन गर्न सकिने बताएका छन् । निर्वाचनमा १२० सदस्यीय नेसेट (संसद्) मा नेतन्याहूविरोधी दलहरूले ६७ सिट जितेका छन् भने सत्तारूढ गठबन्धनले ५३ सिट पाएको छ । विपक्षी खेमाका ६७ सांसदमध्ये ४८ जना जायोनिस्ट दलका र १९ जना दुई अरब पार्टीका छन् । यद्यपि, दुवै खेमासँग आफ्नै बलमा सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत छैन । त्यसैले नयाँ गठबन्धन गठनका लागि राजनीतिक रस्साकस्सी जारी छ । आइजेनकोटले गठबन्धनमा सहभागी हुन चाहने दलहरूसामु चार सर्त राखेका छन् । यसमा इजरायलका सबै नागरिकका लागि अनिवार्य सैन्य सेवा लागु गर्ने र सेनामा भर्नाबाट छुट दिने व्यवस्था पूर्ण रूपमा अन्त्य गर्ने, गठबन्धनमा सहभागी सबै दलले इजरायललाई यहुदी, लोकतान्त्रिक, उदारवादी र समतामूलक राज्यका रूपमा स्वीकार गर्ने, इजरायलको स्वतन्त्रता घोषणापत्रमा उल्लेखित मूल्यप्रति पूर्ण प्रतिबद्धता जनाउने र हमासलाई आतंकवादी संगठन मान्ने तथा गाजा पट्टीमा उसको सैन्य क्षमता र शासन अन्त्य गर्ने लक्ष्यमा सहमत हुने रहेका छन् । अक्टोबर ७ हमलाबारे छानबिन आयोग गठन प्राथमिकता आइजेनकोटका अनुसार नयाँ संसद् गठन भएपछि उनको पहिलो प्राथमिकता सन् २०२३ अक्टोबर ७ को हमलाअघि र त्यसक्रममा भएका सुरक्षा कमजोरीको छानबिन गर्न राज्यस्तरीय आयोग गठन गर्नु हुने बताएका छन् । साथै, निवर्तमान सरकारले पारित गरेका विवादित न्यायिक सुधारसम्बन्धी कानुन खारेज गर्ने उनको योजना छ । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको ‘बेयाचाद’ गुटले पनि आइजेनकोटलाई समर्थन गरेको छ । बेनेटले राष्ट्रपति इसाक हर्जोगलाई नयाँ सरकार गठनका लागि आइजेनकोटलाई मनोनीत गर्न सिफारिस गर्ने बताएका छन् । निर्वाचनपछि देखिएको राजनीतिक गतिरोधबीच बेनेटले सामाजिक सञ्जाल एक्समा आफूले मतदाताको निर्णयको सम्मान गर्ने बाचा गरेको उल्लेख गर्दै आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेका हुन् । त्यसपछि आइजेनकोटले बेनेटलाई धन्यवाद दिएका छन् । बेनेटले आइजेनकोटलाई सम्बोधन गर्दै दुवै मिलेर इजरायललाई सही बाटोमा फर्काउने बताएका छन् । राष्ट्रपति हर्जोगले भने राजनीतिक नेताहरूलाई निर्वाचन परिणाम स्वीकार गर्न आग्रह गरेका छन् । ‘द टाइम्स अफ इजरायल’का अनुसार नोभेम्बर ४ मा आधिकारिक निर्वाचन परिणाम प्राप्त गरेपछि हर्जोगले राजनीतिक दलका नेताहरूसँग परामर्श सुरु गर्नेछन् । नयाँ संसद्का सदस्यले नोभेम्बर १० सम्म शपथ लिनुपर्नेछ । निर्वाचनपछि कुनै पनि प्रमुख राजनीतिक खेमाले स्पष्ट बहुमत नल्याएकाले सरकार गठन चुनौतीपूर्ण बनेको छ । निर्धारित समयभित्र सरकार गठन हुन नसके इजरायलमा पुनः निर्वाचन हुन सक्ने बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन... ...

रातोपाटी
बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ
Latest NewsJust now

बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ

विराटनगर समाचारदाता विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेख... ...

गोरखापत्र
अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने
Latest NewsJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने

• अमेरिकामा आज मध्यावधि चुनावका लागि मतदान हुँदै छ, जसमा हाउसका ४३५ र सिनेटका ३५ सीटका लागि प्रतिस्पर्धा भइरहेको छ। • राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी दुवै सदनमा बहुमतमा छ, तर कुनै एक सदनमा बहुमत गुमाएमा नीति पारित गर्न कठिनाइ हुनेछ। • हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमतका लागि २१८ सीट आवश्यक छन्, र यसपटक सबै ४३५ सीटमा निर्वाचन हुँदै छ। ...

नेपालबहस
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो
Latest NewsJust now

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो

काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइतेको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । दुर्घटनामा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन् । प्रहरी निरीक्षक तामाङले घाइते पटेलको पहिचान खुलेको जानकारी दिएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play