Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फछ्र्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न निर्देशन दिएको छ । त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने)सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेको छ । नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बैठकले निर्णय गरेको जनाइएको छ । The post नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे
Latest NewsJust now

सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे

• सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ। • सुदूरपश्चिमले १३० रनको लक्ष्य १७.४ ओभरमा पूरा गर्यो, जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे। • चितवनले २० ओभरमा १२९ रन बनाएको थियो, रवी बोपराले ४९ रनको योगदान दिए। ...

नेपालबहस
सुदूरले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
Latest NewsJust now

सुदूरले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राईनोजलाई हराएको छ । सोमबार भएको दोस्रो खेलमा सुदूरले चितवनलाई ५ विकेटले हराएको हो । चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको... ...

रातोपाटी
ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन
Latest NewsJust now

ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन

स्याङ्जा । ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन हुनुभएको छ । समाजको दोस्रो जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा यदुनन्दन अर्याल, सचिवमा शोभाकान्त पौडेल, सहसचिवमा गोमा सुवेदी र कोषाध्यक्षमा सुनिता पौडेल गौतम चयन हुनुभएको छ । समितिमा केन्द्रीय प्रतिनिधि पाँच जना र प्रदेश प्रतिनिधि पाँच जना पनि चयन गरिएको नवनिर्वाचित अध्यक्ष रेग्मीले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play