Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन : विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन : विद्यादेवी भण्डारी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ । सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गर्दै भण्डारीले बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचनमा भएको हारबाट सही पाठ सिक्दै कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । गत २१ फागुनमा सम्पन्न निर्वाचनको नतिजालाई अस्थायी धक्काको संज्ञा दिँदै उहाँले निराश भएर निष्क्रिय बस्नुभन्दा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । गत वर्ष भएको जेनजी आन्दोलनपछि पनि एमाले पंक्तिमा निराशा उत्पन्न भएको स्मरण गर्दै भण्डारीले विगतका चुनौतीबाट शिक्षा लिएर थप शक्ति आर्जन गर्नुपर्ने बताउनुभयो । उहाँले मदन भण्डारीको ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइ स्मरण गराउँदै स्थानीय तहलगायत आगामी निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई आग्रह गर्नुभयो । निर्वाचनलाई ध्यानमा राखेर नीति, योजना र कार्यक्रम जनतासमक्ष पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो । भण्डारीले चुनावी तयारीमा जनताको विश्वासलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । जनताको विश्वास नै राजनीतिको सबैभन्दा ठूलो पुँजी भएको उल्लेख गर्दै उहाँले विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएर मात्रै त्यस्तो विश्वास आर्जन गर्न सकिने बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र अनुकूलनशीलता आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञको क्षमता विकास गर्नुपर्ने बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) ले बिहीबार आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै उनले कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य […] ...

लोकपथ
कर्जा नगएपछि राष्ट्र बैंकले २३ अर्ब  तिरेर राख्यो बैंकहरूको पैसा
Latest NewsJust now

कर्जा नगएपछि राष्ट्र बैंकले २३ अर्ब  तिरेर राख्यो बैंकहरूको पैसा

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा हुँदा खिच्ने गर्छ भने कम हुँदा पठाउने गर्छ । यसलाई तरलता व्यवस्थापन भनिन्छ । ...

कान्तिपुर
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हितमा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हितमा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)द्वारा आज काठमाडाैँमा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशास् नेपालको ... ...

नेपालखबर
रुसमा मलाई एशियाकै विशिष्ट नेताका रुपमा परिचित गराइयो : प्रचण्ड
Latest NewsJust now

रुसमा मलाई एशियाकै विशिष्ट नेताका रुपमा परिचित गराइयो : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो रुस भ्रमण सफल भएको बताएका छन् । ‘फ्रिडम अफ नेसन्स’ को विश्व सम्मेलनमा भाग लिन केही समयअघि त्यसतर्फ प्रस्थान गरेका प्रचण्ड बिहीबार स्वदेश फर्किँदै विमानस्थलमा त्यसबारे जानकारी गराएका हुन् । उक्त कार्यक्रममा आफूलाई दक्षिण एशियाकै विशिष्ट नेताका रुपमा परिचित गराएको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play