काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ। स्थानीय तहको निर्वाचन प्रणाली सुधार र सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको हो। अभियानका अध्यक्ष एवं संयोजक ऋषि धमलाको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले स्थानीय तहलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको जनाएको छ। यस्तो प्रणालीले जनमुखी, पारदर्शी र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सहयोग पुग्ने अभियानको दाबी छ। स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा तथा बजेट विनियोजनमा देखिएका समस्याले स्थानीय शासनको प्रभावकारितामा असर पारेको अभियानले उल्लेख गरेको छ।
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न स्वतन्त्र नागरिक अभियानका अध्यक्ष धमलाको माग

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






