काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले आगामी मङ्सिर ४ गतेका लागि राजनीतिक दलहरूलाई छलफलमा सहभागी हुन पत्राचार गरिएको पुष्टि गरेका छन् । सरकारले आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ । यसैबीच स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा पनि बहस हुँदै आएको छ । नेपाली कांग्रेसका सभापति गगन थापाले पनि निर्वाचन आयोगले स्थानीय तह र प्रदेश तहको निर्वाचनबारे छलफल गर्न दलहरूलाई मङ्सिर ४ गते बोलाएको जानकारी दिएका छन् । छठ पूजाका लागि आइतबार सर्लाही पुगेका थापाले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै आयोगले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको बताएका हुन् ।
निर्वाचनको तयारीमा जुट्यो आयोग, मङ्सिर ४ गते दलहरूसँग छलफल हुँदै
.jpg)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






