Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

निर्माण व्यवसायीको क्षमता विकासमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्माण व्यवसायीको क्षमता विकासमा जोड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धिका लागि विकास साझेदार र सरकारी निकायसँग सहकार्यमा जोड दिनुभएको छ । उहाँले निर्माण व्यवसायीलाई आफ्नो क्षमता, सुशासन र व्यावसायिक मापदण्ड सुधार गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार रहन पनि सुझाव दिनुभयो । एसियाली विकास बैंक, विश्व बैंक र एसियन इन्फ्रास्ट्रक्चर बैंकले संयुक्तरूपमा काठमाडौंमा आयोजना गरेको ‘बिजनेस अपरच्युनिटी सेमिनार’मा बोर्ल्दै अध्यक्ष पाण्डेले साझेदार संस्थाहरूद्वारा सञ्चालित परियोजनामा निर्माण व्यवसायीको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभयो । समयमै गुणस्तरीय निर्माणका लागि विविध पक्षमा ध्यान पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष पाण्डेले आयोजना तथा बोलपत्रसम्बन्धी सूचना समयमै उपलब्ध गराउनुपर्ने, नेपाली निर्माण कम्पनीको वास्तविक सहभागिता र क्षमता विकास सुनिश्चित गरिनुपर्ने, जग्गा प्राप्ति, वन स्वीकृति, मूल्यवृद्धि तथा भुक्तानी ढिलाइको जोखिम निर्माण व्यवसायीमाथि मात्र थोपर्न नहुने, खरिद प्रक्रिया पारदर्शी, निष्पक्ष र वास्तविक क्षमतामा आधारित बनाउनुपर्नेलगायतका विषय महत्त्वपूर्ण भएको बताउनुभयो । मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थमा अस्वाभाविकरूपमा भएको मूल्यवृद्धि सम्बोधन गर्न चालु आयोजनामा समेत उचित मूल्य समायोजन तथा क्षतिपूर्ति व्यवस्था गर्न पनि पाण्डेले माग गर्नुभयो । महासंघका अनुसार कार्यक्रममा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, एसियन इन्फ्रास्ट्रक्चर बैंकका प्रतिनिधिहरूले महासंघ अध्यक्ष पाण्डेले उठान गर्नुभएका विषय नेपालका सन्दर्भमा अत्यन्त सान्दर्भिक भएको धारणा राखेका थिए । कार्यक्रममा पूर्वाधार क्षेत्रमा क्रियाशील व्यवसायी, परामर्शदातालगायतको सहभागिता थियो । यसैबीच नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित ‘विद्युतीय सरकारी खरिद प्रणाली’ (ई-जिपी) सम्बन्धी दुर्ईदिने तालिम काठमाडौंमा सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने तालिम उद्घाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्तले पछिल्लो समय सार्वजनिक खरिद प्रक्रिया पूर्णरूपमा प्रविधिमैत्री बन्दै गएको बताउनुभयो । उहाँले वर्तमान सन्दर्भमा ई-जिपी प्रणालीको महत्त्व निकै बढेकाले निर्माण व्यवसायीलाई सोसम्बन्धी व्यावहारिक ज्ञान, सीप र प्राविधिक दक्षता हासिल गराउन तालिम आवश्यक रहेको बताउनुभयो । महासंघका महासचिव शिवहरि घिमिरेले तालिमले निर्माण व्यवसायीलाई विद्युतीय खरिद प्रणालीको प्रभावकारी प्रयोग गर्न, बोलपत्र प्रक्रियामा सहजरूपमा सहभागी हुन र प्रक्रियागत झन्झट तथा जटिलता समाधान गर्न मद्दत पुग्ने विश्वास गर्नुभएको थियो । तालिममा ई-जिपी प्रणाली प्रयोग, विद्युतीय बोलपत्र (ई-बिडिङ) प्रक्रिया, बोलपत्रसम्बन्धी आवश्यक कागजात तयारी तथा पेश गर्ने विधि र सार्वजनिक खरिद प्रक्रियामा ध्यान दिनुपर्ने प्राविधिक तथा प्रक्रियागत विषयहरूमा प्रशिक्षण दिइने महासंघले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन
Latest NewsJust now

विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन

विवाह एउटा केटा र केटीबीचको सम्बन्धमात्र होइन । विवाहपछि दुईजना मानिसमात्र जोडिँदैनन्, दुई परिवार पनि जोडिन्छन् । दुई फरक घर, फरक संस्कार, फरक सोच र फरक बानी भएका मानिसहरू एउटै सम्बन्धमा बाँधिन्छन् । त्यसैले विवाहलाई श्रीमान्–श्रीमतीको मायामा मात्र सीमित गरेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । मेरो लागि बिहे भनेको श्रीमान्सँग मात्र जोडिनु होइन । बिहेपछि उहाँको परिवार, उहाँका आमाबुबा र ...

हिमालय टाइम्स
राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम
Latest NewsJust now

राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम

प्रधानमन्त्री वालेन्द्र शाह राजकीय भ्रमणका लागि आज मंसिर ६ गते भारत प्रस्थान गर्दै छन्। ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्

प्रधानमन्त्री बालेन साहले आजदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । अत्यन्त छोटो समयको बसाइ हुने यो भ्रमण उहाँ प्रधानमन्त्री बनेको आठ महिनापछि मिलेको संयोग हो । नेपालमा जो प्रधानमन्त्री बने पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने परम्परा रहिआएको थियो तर पछिल्लो समयमा केही प्रधानमन्त्रीहरूले उक्त परम्परालाई पालना नगरी अन्य मुलुकबाट विदेश भ्रमण थालनी गरेका हुँदा भारत रिसाएको ...

हिमालय टाइम्स
कविता : नखाएको बीष
Latest NewsJust now

कविता : नखाएको बीष

मानव जातिको उन्नत्तिमारमाउने मेरो चाहानाआज तुषारा पात भएछस्वरूप हेरेर आनन्दको अनुभूति संगाल्नेमेरा प्रिय जनको अनायासै कत्लेयाय भएछ । आफ्नै पसिनाद्वारा धर्तिमा उज्ज्यालो छर्नेअन्तरमनको उत्कट अभिलाषामाभोल्कानोजले क्षेदविछेद पार्दैछघमण्ड र उन्माद द्वारा उत्पन्न विषत्त कार्बनद्वारामेरो वास्तविक स्वरूपको क्षयीकरण भएछ । सुन्दैछु मेरो अन्तिम गन्तव्यमा पनिसुनामी र मरुभूमीकरण बन्दैछमानव जाति आफूले आफैंलाई विभाजन कर्म गरिरहेछ । चील गाडी युद्धले धर्ती रगताम्य भएको छप्राकृतिक सौन्दर्य क्रमशः जीर्ण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play