Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/निर्माणाधीन विकास आयोजना प्रति चासो राख्दै सांसद पन्थी

निर्माणाधीन विकास आयोजना प्रति चासो राख्दै सांसद पन्थी

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्माणाधीन विकास आयोजना प्रति चासो राख्दै सांसद पन्थी

गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोविन्द पन्थीले निर्माणाधीन विकास निर्माणका आयोजना प्रति निकै चासो राख्नुभएको छ । सांसद पन्थीले पछिल्लो केही दिन यता आफ्नो निर्वाचन क्षेत्रमा पुगेर वर्षौदेखि निर्माणाधीन अवस्थामा रहेका विकास निर्माणका आयोजनाहरूको प्रत्यक्ष स्थलगत अनुगमन गर्नुभएको हाे । उहाँले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सञ्चालित विकास आयोजनाहरू वर्षौँदेखि अलपत्र पर्दा सार्वजनिक स्रोतको उपयोग, निर्माणको गुणस्तर र सम्बन्धित निकायको जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको बताउनुभयो । सांसद पन्थीले आयोजनाहरुको निर्धारित समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। यससम्बन्धी संसद्मा पटक–पटक आवाज उठाउनुका साथै सम्बन्धित मन्त्रालय, आयोजना सञ्चालन गर्ने कार्यालय र प्राविधिक निकायलाई निर्माण कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरिएपनि अपेक्षाअनुसार सुधार नभएको उहाँले बताउनुभयो। “सम्झौता गर्ने, पटक–पटक म्याद थप्ने र आयोजना वर्षौँसम्म अधुरै राख्ने प्रवृत्तिले नागरिकको विकासप्रतिको विश्वास कमजोर बनेको छ।” उहाँले भन्नुभयो, “जनताको करबाट सञ्चालित आयोजना वर्षौँसम्म अलपत्र पर्दा जवाफदेहिता कसले लिने? सम्झौता गर्ने, म्याद थप्दै जाने तर काम सम्पन्न नगर्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ।” सांसद पन्थीले इस्मा गाउँपालिकाको १५ शय्याको अस्पताल, पातन खोला पुल, कुखुरे खोला पुल, दोबाटे खोला सडक पुल तथा दरेङढुङ्गा–सिरार सडक आयोजना, मदाने गाउँपालिकाको पहुँच मार्ग र प्रशासनिक भवनसमेतको स्थलगत अनुगमन गर्नुभयो। त्यसैगरी ठाढुङ्गा–अर्खबाङ्ग–ह्वाङ्दी–नेटा–इस्मारजस्थल–हुलाके सडक, छिनुवा–ढाडुङ्गा–अर्जे–राम्छे–अर्खबाङ्ग सडक, हुलाके–डाँडापोखरी सडक, महतकाछेडा–निस्तिखोला पुल, हुलाके–डाँडापोखरी–महतकाछेडा चोक सडक, महतकाछेडा–निस्तिखोला पुललगायतको उहाँले अनुगमन गर्नुभयो। अनुगमनका क्रममा उहाँले स्थलगत अनुगमनका क्रममा अन्य सडक तथा पुल आयोजनाको प्रगतिसमेत सन्तोषजनक नभएको बताउनुभयो। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी आयोजनाको काम सम्पन्न जरुरी रहेको सांसद पन्थीले बताउनुभयो। अलपत्र आयोजनाबारे संसद्मा आवाज उठाउने, सम्बन्धित मन्त्रालय तथा कार्यालयसँग समन्वय गर्ने, स्थलगत अनुगमन गर्ने र निर्माण कार्य सम्पन्न गराउन दबाब दिने कामलाई निरन्तरता दिइने उहाँको भनाइ छ। जनताको वास्तविक समस्या बुझ्नुका साथै सम्बन्धित ठाउँमा परेको बजेट र त्यहाँको सम्भाब्य संभावना र भाबी योजनाबारे विभिन्न वडामा पुगेर स्पष्ट पार्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’
ताजा खबरJust now

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’

पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ...

कान्तिपुर
परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
ताजा खबरJust now

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो

परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

कान्तिपुर
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
ताजा खबरJust now

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

रातोपाटी
कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
ताजा खबरJust now

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?

न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play