Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझे पनि अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् । मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन नियुक्ति पत्र बुझेको जानकारी दिए । त्यसपछि तिहार र छठ पर्वको समेत लामो विदा परेका कारण उनी कार्यालय हाजिर भने भएका छैनन् । उनको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ । तर पूर्वप्रहरीमहानिरीक्षक कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play