Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

निजी पुँजी परिचालन बढाउने चुनौतीबीच प्राइभेट इक्विटी एसोसिएसनको नेतृत्वमा सिग्देल

Share:WhatsAppFacebookX (Twitter)Telegram
निजी पुँजी परिचालन बढाउने चुनौतीबीच प्राइभेट इक्विटी एसोसिएसनको नेतृत्वमा सिग्देल
Photo / Coverage: फरकधार

नेपालमा निजी इक्विटी तथा भेन्चर क्यापिटल फण्ड व्यवस्थापकहरूको छाता संगठन नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट (सीए) विद्यावारिधि सिग्देल निर्वाचित भएका छन् । बुधबार सम्पन्न एसोसिएसनको पाँचौँ वार्षिक साधारणसभाले डोल्मा एड्भाइजर्सका प्रबन्ध निर्देशक सिग्देलको नेतृत्वमा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समिति सदस्यमा रविन श्रेष्ठ, महिमा न्यौपाने, विश्व गिरी, सरोज गुरागाईं, सम्राट मोगा र आशिष श्रेष्ठ रहेका छन् । यसअघि एसोसिएसनको नेतृत्व ध्रुव तिमिल्सिनाले गरेका थिए ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आँखा शिविरबाट एक हजार चार सय २२ जना लाभान्वित
PoliticsJust now

आँखा शिविरबाट एक हजार चार सय २२ जना लाभान्वित

फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।      बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।      पाँचथरसहित पूर्वी पहाडी ...

फरकधार
पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
PoliticsJust now

पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत आपूर्ति ...

फरकधार
युके-नेपाल व्यापार मञ्च: लगानी, ऊर्जा र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारको पहल
PoliticsJust now

युके-नेपाल व्यापार मञ्च: लगानी, ऊर्जा र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारको पहल

नेपाल र बेलायतबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले काठमाडौंमा ‘नेपाल–बेलायत व्यापार मञ्च २०२६’ आयोजना गरिएको छ । बिहीबार आयोजित मञ्चमा दुवै देशका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । नेपाल–बेलायत उद्योग वाणिज्य संघ (एनबिसिसिआई) र काठमाडौंस्थित बेलायती राजदूतावासको सहकार्यमा आयोजित एकदिने मञ्चको मुख्य विषय ‘नवप्रवर्तन, लगानी र दिगो आर्थिक वृद्धि’ रहेको थियो ...

फरकधार
भोटेकोशी बाढीबाट पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
PoliticsJust now

भोटेकोशी बाढीबाट पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० दाखिला  गरेकी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement