Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

निजी क्षेत्रमा प्रवाहित कर्जा साढे ६० खर्ब नजिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
निजी क्षेत्रमा प्रवाहित कर्जा साढे ६० खर्ब नजिक
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह गत वर्षको तुलनामा बढेको छ । चालु आर्थिक २०८३/८४ को तीन महिना अर्थात् साउनदेखि असोजसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत अर्थात् एक खर्ब ८४ अर्ब १९ करोडले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोडले मात्रै बढेको थियो । तीन महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत अर्थात् एक खर्ब ८४ अर्ब १९ करोडले बढेर ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोडले मात्रै बढेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ । २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा त्यस्तो अंश क्रमशः ६२.८ र ३७.२ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा ३.२ र विकास बैंकहरूको ३.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको १.२ प्रतिशतले घटेको छ । २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १५.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.७ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा त्यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमशः १५.० र ६४.३ प्रतिशत थियो । आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १७.८, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १२.४, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा १०.७, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९, यातायात, निर्माण क्षेत्रतर्फको कर्जा ३.८, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३, कृषि क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये विपन्न वर्ग कर्जा १५.१, माग तथा अन्य चालु पुँजी कर्जा ५.२, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५, ट्रष्ट रिसिट (आयात) कर्जा २.९, मार्जिन प्रकृतिको कर्जा २.९, आवधिक कर्जा २.६, अधिविकर्ष कर्जा १.५ र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ । ५६ खर्ब बराबरको तरलता व्यवस्थापनकेन्द्रीय बैंकका अनुसार सो अवधिमा कुल ५५ खर्ब ९५ अर्ब २० करोड बराबरको तरलता प्रशोचन (कारोबारमा आधारित) भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत् पटक–पटक गरी १३ खर्ब ७५ अर्ब ९५ करोड तरलता प्रशोचन गरिएको थियो । २०८३ असोज मसान्तमा निक्षेप संकलन बोलकबोलमार्फत् छ खर्ब ६५ अर्ब ८० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत् चार खर्ब अर्ब गरी कुल १० खर्ब ६५ अर्ब ८० करोड प्रशोचन गरेको तरलता केन्द्रीय बैंकमा बक्यौता रहेको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर दुर्ई अर्ब २५ करोड खुद खरिद गरी तीन खर्ब ४४ अर्ब ९४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ८६ करोड खुद खरिद गरी दुई खर्ब ६२ अर्ब १४ करोड तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ९२ करोड बिक्री गरी एक खर्ब ४१ अर्ब २७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब १२ करोड बिक्री गरी एक खर्ब ५८ अर्ब सात करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
Latest NewsJust now

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८... ...

रातोपाटी
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न व्यवस्थापन समितिहरू सक्रिय भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । तर, केही खेल भने मङ्सिर ८ गतेदेखि ...

विश्वखबर
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची
Latest NewsJust now

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची

विदेशमन्त्री अराघचीका अनुसार युद्धपछि नीति परिवर्तनको बहस चर्किए पनि तेहरानको आधिकारिक अडान पुरानै छ र निरीक्षण रोकिएको छ। ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play