Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
Photo / Coverage: टक्सार

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। सो अवसरमा मन्त्री वाग्लेले सफल कार्यकालको शुभकामना दिँदै कोषको संस्थागत गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएका छन्। नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेको अनुभव भएका भण्डारीले सन् २०१८ देखि २०२५ सम्म कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण, मानव संसाधन व्यवस्थापन, आर्थिक अनुसन्धान तथा गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेर काम गरेका छन्। सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका भण्डारीले यसअघि सन् २०१९ देखि २०२० सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरेका थिए। उनले बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका भण्डारीले सो क्रममा सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
Latest NewsJust now

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीलाई प्रतिपक्षका विषयमा मात्र नभई सत्तापक्षका गतिविधि र सरकारका निर्णयमाथि पनि निर्भीकतापूर्वक प्रश्न उठाउन आग्रह गरे । उनले ...

नेपालन्युज
प्रश्नसँग डराएको सरकार
Latest NewsJust now

प्रश्नसँग डराएको सरकार

प्रेसलाई तर्साएर मौन बनाउँदैमा सत्य लुक्दैन । बरु लोकतन्त्र कमजोर हुन्छ, विधिको शासन धरापमा पर्छ र सूचनाको अधिकारबाट नागरिक वञ्चित हुन्छन् । ...

कान्तिपुर
तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए
Latest NewsJust now

तिहारका लागि १५९१ भेडा च्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

मुस्ताङ । तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडा च्याङ्ग्रा बेँसी झारिएका छन् । उक्त भेडा च्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेँसीतर्फ झारिएको हो । यहाँस्थित कृषि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play