काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पिताम्बर भण्डारी नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो । नवनियुक्त भण्डारी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । उहाँले राष्ट्र बैंकमा करिब २५ वर्ष काम गर्नुभएको थियो । सन् २००० मा सहायक निर्देशकबाट राष्ट्र बैंकमा सेवा सुरु गर्नुभएका भण्डारी सन् २०१८ मा कार्यकारी निर्देशक हुनुभएको थियो । यसअघि धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यसमेत रहनुभएका उहाँ सन् २०१९ देखि २०२० सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषकै सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो । गुल्मीको धुर्कोटका भण्डारी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा एमएस्सी हुनुहुन्छ ।
निक्षेप तथा कर्जा सुरक्षणको सिइओमा भण्डारी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






