Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगढ-मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन मंसिर १३ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो । प्रशासनले जारी गरेको सूचनाअनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ । पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तर काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट फर्किने सवारीसाधनको आवागमन भने नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ । सडक बन्द हुने समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ । यससम्बन्धी थप जानकारी तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सडक डिभिजन भरतपुरले सम्पर्क गर्न आग्रह गरेका छन् । The post नारायणगढ-मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक
Latest NewsJust now

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्। यस मामिलाबारे जानकार तीन व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस घटनाले... ...

रातोपाटी
दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो
Latest NewsJust now

दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो

पाकिस्तानी मिडियाका अनुसार साउदी अरबको रियादमा आयोजना हुने एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदसाग समय तालिका जुधेपछि यो निर्णय लिइएको हो । ...

कान्तिपुर
बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement