काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै भदौ १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्ने जनाएको हो। तुइनखोला खण्डमा विगतमा कार्यसूचारु भई स्थगित भएको पहिरो रोकथामको कामलाई अघि बढाउने क्रममा उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गरी यातायात बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन रोक लगाइनेछ। तर काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा खण्डमा चल्ने सवारीसाधनको आवागमन भने सुचारु रहने सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुलाई सोहीअनुसार यात्रा योजना बनाउन आग्रह गरेको छ। सूचना, समन्वय तथा सहजीकरणका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १००/१०३, सशस्त्र प्रहरी बलको ११४४ तथा जिल्ला प्रशासन कार्यालय चितवन र सडक डिभिजन भरतपुरका सूचनाका अधिकारीलाई सम्पर्क गर्न सकिने जनाएको छ।
नारायणगढ–मुग्लिन सडकको तुइनखोला खण्डमा दैनिक चार घण्टा यातायात बन्द हुने

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






