Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्ध
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत असोज २३ गते गरिएको विभिन्‍न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ । सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका थिए । प्राप्त निवेदन र उजुरीहरूप्रति गम्भीर ध्यानाकर्षण भएपछि मन्त्रालयको निर्देशनबमोजिम नापी विभागले असोज २६ गते ७ दिने म्याद तोकी औपचारिक रूपमा गुनासो आह्वान गरेको थियो । सो क्रममा २०० भन्दा बढी कर्मचारीहरूबाट सरुवा पुनरावलोकनका लागि उजुरी प्राप्त भएपछि मन्त्रालयले उक्त सरुवा सूची पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो । सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले आजै ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ । मन्त्रालयले सोही मापदण्डका आधारमा पारदर्शी र न्यायोचित ढङ्गले मात्र सरुवा प्रक्रिया अगाडि बढाउन विभागलाई स्पष्ट निर्देशन दिएको बताएको छ । The post नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पविरुद्ध महाभियोगको तयारी
Latest NewsJust now

ट्रम्पविरुद्ध महाभियोगको तयारी

मध्यवर्ती निर्वाचनमा रिपब्लिकन पार्टीको हारपछि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने तयारी शुरू भएको छ। ...

हाम्राकुरा
प्रधानमन्त्रीले भने– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
Latest NewsJust now

प्रधानमन्त्रीले भने– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले देश जोगाउने र पार्टी जोगाउनेहरूबिच फरक हुने बताएका छन्।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले लेखेका छन्,'तपाईंहरुको कार्यकर्ता लड्छन्,नेता, हाँसेर बस्छन्, हाम्रो नेता... ...

रातोपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमण मुख्य एजेन्डा बनाएर फर्किए मिस्री
Latest NewsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण मुख्य एजेन्डा बनाएर फर्किए मिस्री

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री स्वदेश फर्केका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राइको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी फर्केका छन् । भ्रमणका क्रममा भारतीय सचिव... ...

रातोपाटी
फ्रान्समा सरकारविरुद्ध देशव्यापी आमहडताल र प्रदर्शन, दुई लाख ७० हजारभन्दा बढी सडकमा
Latest NewsJust now

फ्रान्समा सरकारविरुद्ध देशव्यापी आमहडताल र प्रदर्शन, दुई लाख ७० हजारभन्दा बढी सडकमा

काठमाडौँ। बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवामा लगानी कटौतीको विरोध गर्दै फ्रान्समा बिहीबार देशव्यापी आमहडताल र विशाल प्रदर्शन भएका छन्। देशका झन्डै २०० स्थानमा आयोजित प्रदर्शनमा राजधानी पेरिसबाहेक मात्रै दुई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play