Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
Photo / Coverage: पर्दाफास

नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गरे । प्रहरी सङ्गठनको मर्यादा र निष्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पूँजीमा रूपमा औँल्याए । ‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महुसस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्’, उनले भने । उनले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गरे । प्रहरी महानिरीक्षक केसीले सीमित स्रोत साधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्दै प्रहरी महानिरीक्षक केसीले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि राजनीतिक दलबाट सहयोगको अपेक्षा गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी
OthersJust now

सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी

संगठनको मूल्यमान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोचका साथ सबै प्रहरी कर्मचारीहरूले आफूलाई साथ दिनेमा आईजीपी केसीले विश्वास व्यक्त गरे । ...

अनलाइन खबर
बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
OthersJust now

बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

डडेलधुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ...

अनलाइन खबर
नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी
OthersJust now

नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

सरकारले आजै नेपाल प्रहरीको आईजीपीबाट दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नियुक्त गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play