Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
Photo / Coverage: केन्द्रबिन्दु

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताए । मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा उपलब्ध शय्या सङ्ख्या पहिलेको २५० बाट बढाएर हाल ८५० पुर्‍याइएको जनाउँदै उनले सोहीअनुसार स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति पनि थप गर्दै लगिएको उनले बताए । आवश्यकताअनुसार करारमा कर्मचारी नियुक्त गरी सेवा विस्तार भइरहेको उल्लेख गर्दै उनले पहिलेको तुलनामा अहिले धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बताए । प्रदेश अस्पताल बेँसीसहरले धेरै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा सिटी स्क्यान सेवा आवश्यक रहेको उल्लेख गरे । सिटी स्क्यानलगायत अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने विषयमा प्रदेश सरकारले ध्यान दिने उनको भनाइ छ । आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि प्राथमिकता निर्धारण गर्दा लमजुङ अस्पताल अग्रपङ्तिमा राखिने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाए । आगामी एक वर्षभित्र प्रदेश सरकारले पुन: बजेट निर्माण गर्ने अवसर पाउने भएकाले सो समयमा अस्पतालको आवश्यकता र नागरिकको चापलाई ध्यानमा राखेर आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिने उनले बताए । प्रदेशमा डायलाइसिस सेवा लिन प्रतीक्षामा रहेका ८२१ जनाको सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकारले काम गरिरहेको उनले बताए । मिर्गौलाका बिरामीले समयमै उपचार सेवा पाउने व्यवस्था मिलाउन डायलाइसिस सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो । स्वास्थ्य सेवाको पहुँच सहरी तथा सदरमुकाम क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिकसम्म पुर्‍याउने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पाण्डेले बताए । करारमा नियुक्त स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरी गाउँगाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास भइरहेको उनले उल्लेख गरे । प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण अपेक्षाअनुसार विकास निर्माण तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्न कठिनाइ भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । प्रदेशको विकासका लागि ठूलो बजेट आवश्यक पर्ने भए पनि कर तथा अन्य स्रोतबाट अपेक्षित आम्दानी सङ्कलन हुन नसक्दा विकासका काममा चुनौती देखिएको उनले बताए । उनले गण्डकी प्रदेशका लमजुङ, दमौली र स्याङ्जाका अस्पतालमा भवन निर्माण तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए । यी तीन वटै अस्पतालको भवन निर्माणका लागि करिब रु दुई अर्ब रकम आवश्यक पर्ने भए पनि प्रदेश सरकारले एकै पटक उक्त बजेट विनियोजन गर्न नसक्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष रु ६९ करोडको योजना अघि सारिएको भन्दै विभिन्न कारणले बजेट विनियोजन हुन नसकेको उनले जानकारी दिए । चालु अवस्थामा कूल योजनाको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उनले बताए । प्रदेश सरकारले स्थानीय तहमा अस्पताल निर्माण तथा सञ्चालन गरेर नागरिकलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
Latest NewsJust now

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १ सय ३५ खेलमा ९४ गोल गरेका छन् । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिप खेलेका थिए । ...

कान्तिपुर
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे
Latest NewsJust now

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

लमजुङ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। साेमबार लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय... ...

रातोपाटी
बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु
Latest NewsJust now

बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु

• बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। • दुर्घटना सोमबार बिहान अटोको ब्रेक फेल भएर ९०० मिटर तल भिरमा खस्दा भएको हो। • घटनामा एक व्यक्ति हराइरहेको र प्रहरी टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने
Latest NewsJust now

प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको मिति र तालिका निश्चित भएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर ६ मा भारतको राजकीय भ्रमणमा जाने र भोलिपल्टै स्वदेश फर्कने गरी भ्रमण कार्यक्रम तय भएको समाचार सार्वजनिक भएको छ । समाचारअनुसार प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनमा सीमित हुने भएको छ । यससँगै भारत भ्रमण कहिले हुने भन्ने द्विविधा पनि हटेको छ ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play