Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट
Photo / Coverage: टेक्नोलोजी खबर

नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाट आफैं कट्टा भई गेट खुल्ने हुँदा यात्रुले लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउनेछन। सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन। एन–ट्यागमा इसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ्ग सेवाबाट रिचार्ज गर्न सकिनेछ कम्पनीले बताएको छ। बैंकले यो सेवा काठमाडौं भित्र मात्र नभई देशभरका शाखा सञ्जाल मार्फत उपलब्ध गराएको छ, जसले गर्दा उपत्यका बाहिरका सवारीधनीहरूले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्नेछन। ‘नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो। आफ्नो फराकिलो शाखा सञ्जाल मार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन सानिमा बैंक प्रतिबद्ध छ,’ सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले भने। The post नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रियर एक्सल’ भाँचिएपछि चेरीले चीनमा ‘ओमोडा’ र ‘टिग्गो ५एक्स’ गाडीहरु रिकल गर्दै
TechnologyJust now

‘रियर एक्सल’ भाँचिएपछि चेरीले चीनमा ‘ओमोडा’ र ‘टिग्गो ५एक्स’ गाडीहरु रिकल गर्दै

‘चेरी अटो’ ले चीनमा ओमोडा सिरिज र ‘टिग्गो ५एक्स’ मोडलका ५० हजारभन्दा बढी सवारी साधनहरू फिर्ता मगाउँदै छ। यसको कारण पछाडिको एक्सलको वेल्डिङमा हुन सक्ने त्रुटि हो। चीनको ‘स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन’ ले शुक्रबार जारी गरेको सूचना अनुसार, चेरीले सन् २०२२ जुन ६ देखि सन् २०२३ डिसेम्बर ३१ को बीचमा उत्पादन गरिएका कुल ५३,८८२ ओटा ‘चेरी टिग्गो ५एक्स’ र ‘ओमोडा’ ...

टेक्नोलोजी खबर
मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भ्वाइस च्याट र भिडियो कल सुविधा
TechnologyJust now

मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भ्वाइस च्याट र भिडियो कल सुविधा

काठमाडौं । प्रविधि कम्पनी मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि खुला गरेको छ। कम्पनीले बिहीबार नयाँ सुविधाबारे जानकारी दिँदै प्रयोगकर्ताले अब डिजिटल अवतारसँग प्रत्यक्ष संवाद गर्न सक्ने जनाएको हो ।मेटाले गत सेप्टेम्बरमा आयोजित ‘कनेक्ट’ डेभलपर सम्मेलनमा पहिलोपटक यस प्रविधिको झलक सार्वजनिक गरेको थियो । यस सुविधालाई सञ्चालन गर्न कम्पनीले ‘म्युज ...

आइसिटी समाचार
पर्सामा हुलाकबाटै घरमै सिमकार्ड पुर्याउने सेवा सुरु
TechnologyJust now

पर्सामा हुलाकबाटै घरमै सिमकार्ड पुर्याउने सेवा सुरु

पर्सा । सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक ...

आइसिटी समाचार
जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
TechnologyJust now

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

२१ कात्तिक, काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । शनिबार काठमाडौंमा आयोजना भएको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय […] The post जलविद्युत् ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play