Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने
Photo / Coverage: कर्पोरट खबर

सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय (आरएफआईडी) स्टिकरको माध्यमबाट टोल बुथमा नरोकिई तोकिएको एन–ट्याग लेनबाट सिधै स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाउनुका साथै समय र इन्धन बचत गर्न तथा यात्रालाई पूर्ण रूपमा नगदरहित र छरितो बनाउन सहयोग पुग्नेछ । एन–ट्याग दर्ता तथा सक्रिय गर्ने प्रक्रिया ग्राहकले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन–ट्याग प्राप्त तथा सक्रिय गर्न सक्नेछन् । यसका लागि सर्वप्रथम सडक बोर्ड नेपालको पोर्टल https://rbn.org.np मा गई ‘Sign Up’ मार्फत व्यक्तिगत (Individual) वा संस्थागत (Organization) विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि मोबाइल नम्बर र इमेल राखी इमेलमा प्राप्त भेरिफिकेसन कोड प्रविष्ट गरी पासवर्ड सेट गर्नुपर्नेछ । व्यक्तिगत दर्ताका लागि पूरा नाम, ठेगाना, सम्पर्क विवरण तथा आधिकारिक परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी) को स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्नेछ । संस्थागत दर्ताका लागि संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, आधिकारिक प्रतिनिधिको विवरण, संस्था दर्ता प्रमाणपत्र तथा प्यान र भ्याट (PAN/VAT) प्रमाणपत्र अपलोड गर्नुपर्नेछ । त्यसपछि पोर्टलमा लगइन गरी ‘Vehicle Registration’ मा गएर ब्लुबुकअनुसारको सवारी विवरण तथा ब्लुबुकको प्रतिलिपि अपलोड गरी आवेदन पेस गर्नुपर्नेछ । आवेदन पेस गरेपछि प्राप्त हुने आवेदन दर्ता नम्बर (Submission No.) सहितको पीडीएफ फाइल डाउनलोड गर्नुपर्नेछ । उक्त कागजातसहित व्यक्तिगत दर्ताका लागि सक्कल नागरिकता वा परिचयपत्र, ब्लुबुक र पासपोर्ट साइजको फोटो तथा संस्थागत दर्ताका लागि संस्था दर्ता प्रमाणपत्र, प्यान र भ्याट प्रमाणपत्र, ब्लुबुक र आधिकारिक प्रतिनिधिको परिचयपत्र लिएर नजिकैको सिद्धार्थ बैंकको शाखामा जानुपर्नेछ । बैंकले कागजात रुजु गरी सवारी नम्बरमा एन–ट्याग आबद्ध गरेर भौतिक स्टिकर प्रदान गर्नेछ । त्यसपछि पुनः पोर्टलमा लगइन गरी ‘Activate Tag’ विकल्पमार्फत ट्याग सक्रिय गर्नुपर्नेछ र उक्त स्टिकर सवारीसाधनको अगाडिको सिसामा टाँस्नुपर्नेछ । त्यसैगरी, ग्राहकले बैंकको मोबाइल बैंकिङ (BankSmartXP) मार्फत घरमै बसेर सहजै एन–ट्याग रिचार्ज गर्न सक्नेछन् । साथै सडक बोर्ड नेपालको मोबाइल एप तथा पोर्टलबाट आफ्नो मौज्दात (Balance) र कारोबार विवरणसमेत हेर्न सकिनेछ । एउटा एन–ट्याग एउटा निश्चित सवारीसाधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ । टोल लेन प्रयोग गर्नुअघि आफ्नो एन–ट्यागमा पर्याप्त ब्यालेन्स रहेको सुनिश्चित गर्नुपर्नेछ । यस सेवाको प्रयोगले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन हुनुका साथै निकट भविष्यमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोल (ETC) युक्त राजमार्गहरूमा सर्वसाधारणको यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बन्ने विश्वास बैंकले लिएको छ । The post नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू,अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१२ वर्षपछि घर फर्केर कृषि तथा पशुपालन, छोटो समयमै जिल्लाकै अब्बल किसान
Latest NewsJust now

१२ वर्षपछि घर फर्केर कृषि तथा पशुपालन, छोटो समयमै जिल्लाकै अब्बल किसान

सल्यानकाे बागचौरका तारादेव ओलीले वार्षिक २० हजारभन्दा बढी कुखुरा पाल्छन्, ४० रोपनी जग्गा थपेका छन् र यस वर्ष ७० लाख आम्दानीको लक्ष्य राखेका छन्। ...

कान्तिपुर
बगैँचाभरि सुन्तला, किसानलाई बजारको चिन्ता
Latest NewsJust now

बगैँचाभरि सुन्तला, किसानलाई बजारको चिन्ता

सुरेश धामीबझाङ, मङ्सिर ११ गते । बुङ्गल नगरपालिका –५ खोगोलाडीका ५६ वर्षीय सिद्धराज कुँवरको बगैँचामा पुग्दा हरियालीसँगै सुन्तलाका बोटहरुले जोकोहीको ध्यान खिच्छ । साना–ठुला बोटमा हुर्... ...

गोरखापत्र
एसिया मोडेल फेस्टिभलमा नेपालकी सदिक्षा श्रेष्ठले जितिन् उपाधि
Latest NewsJust now

एसिया मोडेल फेस्टिभलमा नेपालकी सदिक्षा श्रेष्ठले जितिन् उपाधि

काठमाडौं । दक्षिण कोरियामा सम्पन्न एसिया मोडेल फेस्टिभल २०२६ मा नेपालकी सदिक्षा श्रेष्ठले महिला विधातर्फको उपाधि जितेकी छन् । ‘फेस अफ नेपाल’ बाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी श्रेष्ठले दर्जनौँ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । प्रतियोगितामा म्यानमारकी क्याव क्याव ऐन्द्राले ग्रान्ड विनर तथा दक्षिण कोरियाका काङ डोङ–ह्युनले पुरुष विधाको उपाधि जितेका थिए । प्रतियोगितामा नेपालबाट सदिक्षासहित योगेश शर्मा, सुमन श्रेष्ठ ...

केन्द्रबिन्दु
बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी सर्वसम्मत, उपाध्यक्षमा खनाल
Latest NewsJust now

बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी सर्वसम्मत, उपाध्यक्षमा खनाल

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको अध्यक्ष निर्वाचित भएका छन्। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्था नेपाल बैंकर्स संघ (एनबीए)मा रेग्मी निर्विरोध अध्यक्ष चयन भएका हुन्।  होटल मर्क्युरमा आज आयोजना भएको संघको ४०‍औँ वार्षिक साधारण सभाबाट रेग्मी निर्विरोध अध्यक्ष चुनिएका हुन्। उनी य... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement