Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नागढुंगा–सिस्नेखोला सुरुङमार्गका सवारीसाधनलाई कुमारी बैंकको एन–ट्याग सुविधा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुंगा–सिस्नेखोला सुरुङमार्गका सवारीसाधनलाई कुमारी बैंकको एन–ट्याग सुविधा
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । एन–ट्याग (N–Tag) एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । अर्थत,एन–ट्यागको स्टिकर सवारिमा टासेपछि एन–ट्यागबाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ । ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा एन–ट्याग प्राप्त गर्न सक्नेछन् । साथै, एन–ट्याग सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन एन–ट्याग दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ । डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई “टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न” कुमारी बैंकबाट आजै एन–ट्याग जडान गर्न आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति
Latest NewsJust now

जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति

काठमाडौँ, मङ्सिर ६ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी) अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा हिमाल तथा जलवाय... ...

गोरखापत्र
विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
Latest NewsJust now

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन् । मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा उक्त घटना भएको हो । यो क्षेत्र राज्यको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ । स्थानीय सरकारी अधिकारीका […] ...

लोकपथ
प्रधानमन्त्री बालेनलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट तयार
Latest NewsJust now

प्रधानमन्त्री बालेनलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट तयार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहलाई स्वागत गर्न विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ ।... ...

रातोपाटी
बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको कथा सर्वोत्कृष्ट
Latest NewsJust now

बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको कथा सर्वोत्कृष्ट

‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाका लागि आचार्यले दुई लाख पाए । ‘सपनाको अर्को रङ’ कथाका लागि मधुर भट्टराईले एक लाख रुपैयाँसहित द्वितीय र ‘अस्तित्वको अल्गोरिदम’ कथाका लागि सरस्वती सरसले ६० हजार रुपैयाँसहित तृतीय पुरस्कार प्राप्त गरिन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play