Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

नहाय खायसँगै छठ सुरु, सजाइँदै पोखरी (फोटो फिचर)

Share:WhatsAppFacebookX (Twitter)Telegram
नहाय खायसँगै छठ सुरु, सजाइँदै पोखरी (फोटो फिचर)
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम।लोक आस्थाको महान पर्व छठ आजदेखि सुरु भएको छ। चार दिनसम्म विधि विधानसहित मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गर्दैछन्। व्रतालुहरु नजिकको सरोवरहरुमा स्नान गर्ने मन्दिरहरुमा पुजापाठ गर्ने गर्छन्। छठ पर्वको पहिलो दिनलाई शरीर र मन शुद्ध गर्ने दिनका रूपमा लिइन्छ। यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ। नहाय–खायका दिन व्रतालुहरूले ‘अरबा–अरबाइन’ खाने परम्परा छ। छठ पर्व सम्पन्न नभएसम्म मरुवा (कोदो), मसुरोको दाल, प्याज र लसुनलगायतका खानेकुरा त्याग गर्ने प्रचलन रहेको छ। छठ पर्वलाई लक्षित गर्दै जनकपुरधामसहित तराई मधेसका विभिन्न स्थानमा तयारी तीव्र पारिएको छ। स्थानीयवासीहरू पोखरी, नदी, कुवा तथा अन्य जलाशयको सरसफाइ, सजावट र व्यवस्थापनमा जुटेका छन्। छठको दोस्रो दिन शनिबार व्रतालुहरू दिनभर उपवास बसेर साँझ चामल र सक्खरबाट तयार पारिएको खीर भगवानलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्छन्। यस विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै, तेस्रो दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नेछन्। पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ। बिहानीको अघ्र्यपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी उपवास तोड्ने छन्। यस विधिलाई ‘पारण’ भनिन्छ। छठ पर्वलाई लिएर जनकपुरधामको सरोवरहरुलाई सजाउने कार्यहरु भईरहेका छन्। स्थानय विभिन्न कल्वहरुले स्थानियहरुको सहयोगमा छठको पोखरीलाई सजाउने ,सरसफाई र भव्यता प्रदान गर्ने गरेका छन्। जनकपुरधामको गंगा सागर, धनुष सागर, अरगजा ,विहार कुण्डसहितको सरोवरमा भव्य रुपमा छठ हुने गरेको छ। जसलाई अहिले सजाउने कार्यहरु भईरहेको छ। पण्डालदेखि रंगिन बत्तिहरु लगाउने कार्य भईरहेका छन्। हेर्नुस् तस्बिरहरु

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित
Latest NewsJust now

डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ। पर्थ रंगशालामा जितका... ...

रातोपाटी
न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित
Latest NewsJust now

न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित

काठमाडाैं । न्युजिल्यान्ड र भारतबीच भएको चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिले बलिङ रोजेको भारतसामू न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। न्युजिल्यान्डका लागि विल योङले १०८ बलमा उत्कृष्ट १२५ रनको शतकीय पारी खेले भने टिम सेफर्टले ४८ बलमा ५८ रन र फिन एलेनले ३० बलमा ४१ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play